नवोदित साहित्यिक वाचनालयको नवौ अधिवेसन


प्रकाशित मिति : श्रावण ४, २०७४ बुधबार

श्रावण ४, २०७४- नबोदित साहित्यिक वाचनालय कतारको नवौ साधारण सभाले लेख कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । त्यस अवसरमा २०३ औ भानु जयन्ती र ७१ औं वाचन डवली समेत भएको छ ।

अध्यक्ष सीताराम थापाको सभापतित्वमा सम्पन्न अधिवेशनको उद्घाटन गर्दैै अनेसास  कतार च्याप्टरका  अध्यक्ष तिर्थ संगम राईले प्रवासमा नेपाली साहित्य उन्नतीतर्फ उन्मुख भएको वताए ।
वाचनलयले दुई वर्षमा दिइदै आएको नवोदिन कृति अवार्ड विनोद खड्कको ‘ओला’ले पाएको छ । कृति अवार्डका लागि ६ वटा कृतिहरु छनोटमा परेका थिए । जसमा ओला, क्रेजी लब, खोटाङका गजल संग्रह, नियमा, पिडा मे परदेश र इन्द्रेणी रहेका थिए ।

कतारमा रहेर नेपाली भाषा र साहित्यलाई योगदान पुर्‍याउने प्रेम प्रसाद भट्टराई  र भानु सुनुवारलाई सम्मान गरिएको थियो ।  नियात्राकार जया राईको ‘भजिनियाँ उल्फ र आशुका फूल’ नामक नियात्रा सार्बजनिकिकरण गरिएको थियो ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष ईश्वर शाही , द्धितीय उपाध्यक्ष टिका खड्का, मोबाइल पुस्तकालय संयोजक दिप मिलन, महासचिव दिलिप पराजुली, सचिव राजन लामा, कोषाध्यक्ष ईश्वर राई,  सह कोषाध्यक्ष चक्र कार्की छन् । सदस्यहरु क्रमश:  रुप रसाइली, बिन्दा लामा, सन्तोष अधिकारी, बसन्त भुजेल, शेखर बस्नेत, दिप प्रदिप कुमार, लिला नाथ घिमिरे, तिलु शर्मा पौडेल र जनक राज सापकोटा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com