स्मार्ट सिटीबारे अन्योल


प्रकाशित मिति : श्रावण ४, २०७४ बुधबार

– दीपेन्द्र विष्ट

श्रावण ४, २०७४- उपत्यकामा बनाइने ‘स्मार्ट सिटी’ को स्पष्ट सीमांकन नतोकिँदा स्थानीय बासिन्दा अन्योलमा परेका छन् । सरकारले हचुवाका भरमा चार वटा स्मार्ट सिटीको सीमांकन निर्धारण गरेको भन्दै त्यसबारे पुनर्विचार गर्न स्थानीयले सरकारसँग माग गरेका छन् । करिब डेढ महिनाअघि सहरी विकास मन्त्रालयले भक्तपुरको गुन्डु उपत्यका, काठमाडौंको टोखा, ललितपुरको खोकना, काठमाडौं–भक्तपुरको चाँगुनारायणदेखि साँखु क्षेत्रमा स्मार्ट सिटी बनाउने निर्णय गरेको थियो ।

चाँगुनारायणका स्थानीय सहदेव केसीले स्मार्ट सिटी बनाउने निर्णयले नयाँ घरसमेत निर्माण गर्न नसकेको बताए । ‘नगरपालिकाले नक्सा पाससमेत रोकेको छ,’ उनले भने, ‘चार आना जग्गा भएका मानिसले घर बनाउन नपाउने ? जग्गा बिक्री गरेर छोराछोरी पढाउनुपर्छ, विदेश पठाउनपर्छ, विवाह व्रतबन्धसमेत त्यही जग्गाको भरमा गर्नुपर्छ ।’ उपत्यकाका चार स्थानमा ‘स्मार्ट सिटी’ बनाउने भन्दै तीन वर्षका निम्ति सरकारले कित्ताकाटसमेत रोक लगाएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार चार वटा सिटी बनाउँदा १ लाख ३० हजार रोपनी जग्गा समेटिनेछ । साँखु मनोहरामा १ लाख तथा टोखा, गुन्डु र खोकना १०–१० हजार रोपनीमा कित्ताकाटदेखि सम्पूर्ण किनबेचमा समेत प्राधिकरणले रोक लगाएको छ । यसरी १ लाख ६० हजार वटा घडेरी बिक्री गर्ने प्राधिकरणको योजना छ । सीमांकनबारे सरकारले सामान्य खाका सार्वजनिक गरे पनि विस्तृत रूपमा स्थानीवासीसमक्ष नपुग्दा अन्योल छाएको छ ।

बालकोटका स्थानीय मोहन रानाभाटले नक्सांकनको विस्तृत खाका नहुँदा निकै अप्ठेरो परेको बताए । दाजुभाइबीच अंशबन्डा रोकिँदा झनै समस्या भएको भन्दै उनले जनतालाई सरकारले अन्याय गरेको आरोप लगाए । ‘भूकम्पपीडितहरू जग्गा बिक्री गरेर घर निर्माण गर्थे, त्यो पनि ठप्प भयो,’ उनले भने, ‘घोषणा गर्‍यो, चार आना जग्गामा घर बनाउन खोज्दा नगरपालिकाले नक्सा पाससमेत गर्दैन ।’ भूकम्पीडितको व्यवस्थापन गर्न नसक्ने सरकारले स्मार्ट सिटीको अवधारणा तीन वर्षभित्र पूरा गर्छु भन्नु हास्यास्पद भएको उनले बताए । स्मार्ट सिटीबारेको सीमांकनको परिपत्रबारे स्थानीय जनप्रतिनिधिलाई सरकारले जानकारीसमेत दिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टोखा नगरपालिकाकी उपमेयर ज्ञानमाया डंगोलले स्मार्ट सिटीबारे सुनेको मात्र भन्दै आफूहरूलाई कुनै पनि जानकारी नआएको बताइन् । ‘स्पष्ट खाकासहित घोषणा गर्नुपर्‍यो नि ? नक्सापास रोक्का गरेर जनतालाई हामी दु:ख दिन्नौं,’ उनले भनिन्, ‘यदि बनाउने हो भने पूर्ण खाका सरकारले प्रस्तुत गर्नुपर्छ ।’

सहरी विकासमन्त्री प्रभु साहले स्थानीय जनतालाई सजिलो हुने गरी स्मार्ट सिटी अवधारणामा सामान्य परिमार्जन गरिने बताए । ‘जनतालाई दु:ख दिने काम हुँदैन,’ उनले भने, ‘चाँडै छलफल गरेर परिमार्जन हुन्छ ।’ उपत्यका विकास प्राधिकरणका अनुसार, पहिलो स्मार्ट सिटी एक लाख रोपनी जग्गा मूलपानीको क्रिकेट मैदानबाट साँखु जाने मूलसडक तथा शाली नदी पुलबाट तेलकोट हुँदै खरिपाटीसम्म हुनेछ ।

खरिपाटीस्थित नेपाली सेनाको ब्यारेकलाई बाहिर पार्दै भक्तपुरको तिखलापखो आयोजना, बोडे, मनोहरा हुँदै पुन: मूलपानी क्रिकेट मैदानलाई समेटिनेछ । दोस्रो स्मार्ट सिटी सूर्यविनायक जंगलको फेदी हुँदै ललितपुरको लामाटार खोला, बालकोट, अरनिको राजमार्ग र कौशलटार भएर पुन: सूर्य विनायकसम्म जोडिनेछ । तेस्रो स्मार्ट सिटीमा खोकना, बुङमती, सैंबु, वाग्मती झोलुंगे पुल, चोभारसम्मको क्षेत्रलाई समेटिएको छ । चौथो स्मार्ट सिटीका लागि तारकेश्वर जाने मूल बाटो सिम्लेश्वर र त्यहाँबाट झोर हुँदै फूलबारीमार्ग, टोखा बाइपाससम्मको क्षेत्र समेटिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com