गाउँनिकाला भएकी ११ वर्षीया गर्भवती बालिका न्याय खोज्दै भोजपुर सदरमुकाममा


प्रकाशित मिति : श्रावण ३, २०७४ मंगलबार

– विद्या राई

श्रावण ३, २०७४- गोरी अनि हिस्सी परेकी । अरुण गाउँपालिका–५, याकुकी रमला (नाम परिवर्तन), वर्ष ११ । बालखै उमेरमा गएको पुस ९ गते पहिलोपटक महिनावारी भइन् । सोही महिनाको एक बिहान खाना पकाउँदै थिइन् । आमाबुबा मेलापात गएका थिए । ३ वर्षका भाइ पनि बाहिर खेल्न गएका थिए । घरमा एक्लै भएको मौका छोपेर छिमेकी २० वर्षीय दुर्गाबहादुर श्रेष्ठले उनको कुमारीत्व लुटे । ‘म घरमा एक्लै खाना पकाउँदै थिएँ, ऊ आयो, मलाई नजिकैको खाटमा तानेर लग्यो, मुख थुन्यो, जबर्जस्ती गर्‍यो,’ रमलाले भनिन्, ‘कसैलाई भनिस् भने कुट्छु, पिट्छु, तेरो आमालाई नै मार्दिन सक्छु भनेर धम्कायो, डरले कसैलाई भन्नै सकिनँ ।’ आफुलाई दुर्व्यवहार गरेको भन्नेबारे रमलालाई थाहै थिएन ।

घटना गुपचुप रह्यो । पहिलोपटक महिनावारी भएकी छोरीको महिनौंसम्म रोकियो । केही समयपछि दोहोरिएला भन्ने आमाले ठानिन् । पहिलो महिनावारी भएको ६ महिना बित्नै लाग्दा, असार पहिलो साता आमाछोरी सँगै सुतेका थिए । ओड्ने ओढाउने क्रममा आमाको हात छोरीको पेट छुन पुग्यो । पेट कडा भएको अनुभव भएपछि आमाले छोरीलाई सोधिन् । छोरीले कसैलाई नसुनाउने शर्तमा दुर्गाबहादुरले गरेको हर्कतबारे हिम्मत कसेर आमालाई सुनाइन् । भोलिपल्ट नजिकैको स्वास्थ्य संस्थामा गएर स्वाथ्य जाँच गर्दा पो थाहा भयो उनी गर्भवती भएकी रहिछन् । ६ महिना भइसकेकाले गर्भपतन गर्न नमिल्ने भयो । कलिली छोरीको पेटमा ६ महिनाको गर्भ बसेको सुन्दा आमाछोरीलाई छांगाबाट खसेजस्तै भयो ।

गाउँमा केटापक्ष र केटीपक्ष राखेर समाजको भेला बस्यो । जबरजस्ती करणी गरेको बारेमा केटा पक्षले स्वीकारे पनि केटीको बुवा नेवार र आमा दलित समुदायको भएकाले केटा पक्षकाले दलितकी छोरी नभित्र्याउने चेतावनी दियो । केटीलाई गाउँ नबस्न धम्की दियो । यसमा केटीको पक्षमा रहेर न त महिला तथा बालअधिकारकर्मीले बोल्न सके न त प्रहरीले नै कानुनी दायरामा ल्याउन सके । असार १६ गते गर्भवती भएको पत्ता लागेकी उनी गाउँनिकाला भइन् । ‘गाउँको डरधम्कीकै कारण छोरीलाई घरमा राख्न सकेनौ,’उनका बुबाले भने । गाउँनिकाला भएकी उनलाई केटाले नै धरान पुर्‍यायो । तर बोलचाल भएन । ३ दिन पछि केटा गायब भए । ‘धरान मैले कैले देखेको थिइनँ, उसले लिएर गयो, एउटा कोठामा दुईवटा खाट थियो, हामी बोलेनौ, खाना खाने बेला बोलाउँथ्यो, त्यसदिन बिहान हिँडेको ऊ अबेलासम्म नआएपछि म बाहिर निस्किएँ,’ उनले भनिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिचल्लीमा परेकी उनी एकजना महिलाको सम्पर्कमा आइन् । कामविशेषले धरान गएका बालिकाका मामामाइजुलाई ती महिलाले सम्पर्क गराएपछि केही सहारा त जुट्यो । तर गाउँ फर्कने अवस्था रहेन । मामामाइजु महिला तथा बालबालिका कार्यालयको सम्पर्कमा आए । अधिकृत पुष्पलता उप्रेतीले बालिकालाई लिएर आउन आग्रह गरेपछि न्याय खोज्दै मंगलबार भाञ्जी लिएर सदरमुकाम आइपुगेका छन् । उनका मामामाइजुको पनि अन्तरजातीय विवाह भएको हो । ‘आमा दलित भएकै कारण हाम्री भाञ्जी बिचल्लीमा परेकी छन्, केटा पक्षले मात्रै होइन समाजले नै गाउँनिकाला गरिदियो, अन्यायमा परेका हामीलाई न्याय दिलाइनुपर्‍यो,’ केटा पक्षलाई कानुनी कठघरामा ल्याउन पर्ने मामाले भने । पीडितलाई न्याय र पिडकलाई सजाय हुनुपर्ने उनकी माइजु र बुबा बताउँछन्

स्थानीय पञ्चकन्या आधारभूत विद्यालयमा पढ्दै गरेकी गर्भवती बालिका मानसिक तनावमा छिन् । माइतीपक्ष आर्थिक तथा सामाजिक रुपमा पछाडि परेकै कारण केटाले बलात्कार गरेर उनको जीवनमाथि खेलबाड गर्‍यो । उनी केटासँग बस्ने पक्षमा छैनन् । पढाईलाई निरन्तरता दिने उनको एउटै लक्ष्य रहेको सुनाइन् । सँगै चुनौती पनि छ । उनी आमा बन्न लागेकी छन् ।

केटा बेखबर छ । केटापक्षले गाउँमा आतंक मच्याएका छन् । उनलाई गाउँमा बस्ने वातावरण छैन । उनका बुवाआमा डरधम्की सहेर बस्न बाध्य छन् । ‘बालिकालाई सकुशल सदरमुकामसम्म झिकाउन सफल भएका छौं, उनलाई गाउँमा बस्ने वातावरण नभइसकेपछि र उनको पढाई पूरा गर्ने चाहना पूरा गर्न सहयोगी संस्थाहरुसँग सम्पर्कमा आएका छौं,’ महिला तथा बालबालिका अधिकृत उप्रेतीले भनिन्, ‘केटाले केटीलाई बलात्कार गरेको सप्रमाण प्रस्ट छ, पिडकलाई कारबाहीका लागि जिल्ला प्रहरीमा उजुरीसहित केटीपक्ष पठाइएको छ ।’ जिल्ला प्रहरी कार्यालयका डिएसपी काजीकुमार आचार्यले उजुरी लिइसकेका छन् । आचार्यले उजुरीमाथि अनुसन्धान गरेर चाँडै कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com