छोरीले बुबालाई पुनर्जन्म दिइन्


प्रकाशित मिति : श्रावण ३, २०७४ मंगलबार

– लीला श्रेष्ठ

श्रावण ३, २०७४- विनाशकारी भूकम्पले लगनटोल–१२, काठमाडौंका ५७ वर्षीय हीराकाजी महर्जन आत्तिए । टोलवासी सडकमा बास बस्न थाले । दिनचर्या बदलियो । उनी अल्कोहलको लतमा परे । डेढ वर्षअघि हीराकाजीको एक्कासि मुखबाट रगत आउने, बेहोस हुने भएपछि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गर्न पुगे ।

शिक्षणबाट निदान अस्पताल पुल्चोक पुगे । त्यतिन्जेल उनको कलेजोले काम गर्न छोडिसकेको थियो । कलेजो प्रत्यारोपण नभए बाँच्न सक्ने विकल्प नरहेका हीराकाजीको संयोगले निदान अस्पतालको इमर्जेन्सीमा कलेजो रोग विशेषज्ञ डा. दीपेश गुरुवाचार्यसँग भेट भयो । ‘चिकित्सकले कलेजो प्रत्यारोपणका लागि भारत जानुपर्ने बताएका थिए,’ उनले भने, ‘भारतमा कलेजो प्रत्यारोपणका लागि डेढ करोड खर्च लाग्ने रहेछ ।’ ‘निम्न मध्यमवर्गीय परिवारका व्यक्तिले डेढ करोड कहाँबाट ल्याउनु ? सबैले माया मारिसकेका थिए,’ उनले भने । कलेजो रोग विशेषज्ञ डा. गुरुवाचार्यले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पनि कलेजो प्रत्यारोपण थालिएको बताएपछि उनको परिवारमा आशा पलायो । हीराकाजीकी साहिली छोरी २४ वर्षीया सरिता महर्जन बुबालाई कलेजो दिन राजी भइन् ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सकारात्मक हुँदै उनको कलेजो प्रत्यारोपणका लागि दिल्लीस्थित प्रख्यात म्याक्स हेल्थकेयरको ‘लिभर एन्ड बिलिएरी साइन्स’ प्रमुख डा.सुभास गुप्तासँग समन्वय गरे । डा.गुप्तासहित भारतका १० जना प्राविधिक, केन्द्रका कार्यकारी निर्देशक डा.श्रेष्ठको नेतृत्वमा डा.सुबोध अधिकारी, डा.क्षेतेन योञ्जन तामाङ, डा.प्रवीण जोशी, डा.आरती राई, डा.किरण अधिकारी, डा.महालक्ष्मी देउजा, डा.गुरुवाचार्य, डा.नीरज जोशी, डा.सुभास आचार्य, इन्दिरा प्रधान, मेरिना राणा, अनिता कार्की, सृष्टि साह, शर्मिला कोजूलगायत ३० जनाको टोलीले ११ घण्टा लगाएर सफलरूपमा उनको कलेजो प्रत्यारोपण गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कलेजो प्रत्यारोपण गरी दुई सातापछि डिस्चार्ज भएका हीराकाजी ‘छोरीले आफूलाई पुनर्जन्म दिएको’ भन्दै चिकित्सक तथा भक्तपुरका जनप्रतिनिधिहरूमाझ आइतबार केन्द्रमा खुसी बाँडदै बिदा भए । आफ्नो कलेजोको दाहिने भाग दिएर बुबालाई बचाएकी छोरी सरिताले बुबाको हात समाउँदै जीवनको सबभन्दा खुसीको क्षण बाँड्न भ्याइन् ।

बुबालाई बचाएकोमा खुसी बाँड्दै गर्दा सरिताले आमालाई सम्झिइन् । ‘बुबालाई बचाएँ, आमालाई बचाउने अभिभारा बढेको छ,’ उनले भनिन्, ‘आमाका दुवै मृगौला फेल भएकाले निदान अस्पतालमा डाइलासिस गराइरहेका छौं ।’ उच्च रक्तचाप, हृदयाघात लगायतबाट आमाको मृगौलामा समस्या आएको उनले बताइन् ।

बुबालाई कलेजो दान गरेकी सरिताको १० दिनअघि नै डिस्चार्ज भएको केन्द्रका कार्यकारी निर्देशक डा.श्रेष्ठले बताए । बाबु/छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको उनी बताउँछन् । हीराकाजी मुलुककै कलेजो प्रत्यारोपण गराउने दोस्रो व्यक्ति हुन् । यसअघि केन्द्रले नै पहिलो पटक दक्षिण कोरियाली कलेजो प्रत्यारोपण विशेषज्ञ टोलीको प्राविधिक सहयोगमा २०७३ मंसिर २२ मा सूर्यविनाकका ३६ वर्षीय बलराम नागाको सफलरूपमा कलेजो प्रत्यारोपण गरेको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा.श्रेष्ठका अनुसार दोस्रोपल्ट सफलरूपमा कलेजो प्रत्यारोपण गराएको केन्द्रले महिनामा न्यूनतम एकपल्ट कलेजो प्रत्यारोपण गर्ने योजना छ । मेडिकल साइन्सकै जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण छिमेकी मुलुकको तुलनामा नेपालमा ६ गुणा कम मूल्यमा गर्न सकिने उनले बताए । ‘करिब २० देखि २५ लाख रुपैयाँमा प्रत्यारोपण गर्न सकिन्छ,’ डा.श्रेष्ठले भने, ‘भारतलगायत विकसित मुलुकमा कलेजो प्रत्यारोपण गराउँदा करिब एक करोडदेखि डेढ करोड रुपैयाँसम्म खर्च लाग्छ ।’

प्रत्येक वर्ष नेपालमा करिब दस हजार जनाभन्दा बढीको कलेजो फेल भएको पाइएको जनाएको छ । एक अध्ययनअनुसार नेपालमा करिब ८ लाख मानिसमा कलेजोसम्बन्धी केही न केही रोग लागेको देखिएको र जसमध्ये करिब १० हजार जनामा कलेजो सम्बन्धी गम्भीर रोग लागेको (कलेजो फेल) भएको डा. श्रेष्ठ बताउँछन् । ‘कलेजो फेल हुनुको मुख्य कारण अधिक रूपमा मदिरा सेवन गर्नु नै हो,’ उनले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com