राजमार्गको यो बिजोग बिजोग !


प्रकाशित मिति : श्रावण २, २०७४ सोमबार

श्रावण २, २०७४- बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र सडक माध्यम जयपृथ्वी राजमार्ग अवरुद्ध भएको आज ९ दिन पुगिसक्यो । यद्यपि तत्काल राजमार्ग खुल्ने कुनै छाँटकाँट देखिदैन ।

गत हप्ताको आइतबार साँझ तमैलको माल्लापड भन्ने ठाउँमा पहिरोले सडक बगाएपछि यो सडक बन्द भएको हो । यसबाहेक मटेलाको बगडगाँउ, तमैलको जालेबगर, भैरबनाथको सेकु, रायलको देउरा, नारुगाड र बाँझको बागथलालगायत ठाउँमा पनि दैनिकजसो सडक अवरुद्ध हुने र खुल्ने क्रम चलिरहेको छ । कतिपय स्थानमा पैदल हिड्दा पनि जोखिम हुने गरी सडक बिग्रेको छ ।

लामो समयसम्म सडक अवरुद्ध हुँदा जिल्लामा औषधी, खाद्यान्न, तरकारी, फलफूललगायत दैनिक उपभोग्य सामानको अभाव सुरु भएको छ । जिल्लामा उपचार सम्भव नभएर बाहिर रिफर गरिएका बिरामीहरुले समयमा नै यातायातको साधन नपाउँदा ज्यानको जोखिम मोल्नु पर्ने अवस्था छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाटो बन्द भएको बहानामा व्यापारीहरुले प्रत्येक सामानको मूल्य अप्रत्यासित बृद्धि गरेका छन् । असार २५ गतेसम्म प्रतिकिलो १ सय पर्ने आँपको मूल्य बृद्धि भएर एकै हप्तामा २ सय पुगेको छ । यो मुल्यबृद्धीको सानो उदाहरण मात्र हो । औषधी, दाल, चामल, तेल, तरकारी, मासु आदी सबैको मूल्यमा अस्वभाविक बृद्धि भएको छ ।

बझाङदेखि ८ घण्टाको गाडीको यात्रामा सजिलै धनगढीसम्म पुग्न सकिन्थ्यो तर अहिले सडक बिग्रिएका कारण तीन दिनसम्म लाग्ने यातायात व्यवसायी बताउँछन् । यो बीचमा यात्रुले पाउने सास्तीको बयान गरी साध्य छैन् ।

ठाउँठाउँमा भएको सडक अवरोधलाई पैदल हिडेर छिचोल्दै र गाडी परिर्वतन गर्दै धनगढी पुगेका जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत राजेसकुमार केसी भन्छन । ‘४ वटा गाडी परिवर्तन गरी बल्ल धनगढी पुगियो । धेरै ठाउँमा हिड्नु पर्छ । सामानहरु धेरै भएका, बिरामी र बृद्ध यात्रुको बेजोग छ’, बाटोमा खाना, पानीको पनि समस्या हुने गरेको बताउँदै उनले विभिन्न ठाउँमा भएको अवरोध पन्छाएपछि आफू चढेको पहिलो गाडी  तीन दिनपछि मात्र धनगढी पुग्न सक्ने उनले बताए ।

चीनको तिब्बतसँग जोडिदै गरेको यो सडक अन्र्तराष्ट्रिय राजमार्ग पनि हो । सडकको हालत र यात्रुले पाउने दुख हेर्दा यसलाई राजमार्ग भन्न पनि लाज लाग्ने गरेको धेरै यात्रुको प्रतिक्रिया छ ।

प्रत्येक बर्खामा सडक अवरुद्ध हुने २ वटा कारण छन । एक कमजोर भौगर्भिक अवस्था र भिरालो भुगोलका कारण जाने पहिरो । अर्को राजमार्गसँगै समानान्तर ढंगले निमार्ण गरिएका विभिन्न शाखा सडकबाट बगेर आउने ढुङ्गा माटो । पछिल्ला ३ वर्षमा पहिरोका कारण भन्दा पनि शाखा सडकबाट आएको माटो र ढुङ्गा थुप्रिएर बढी जसो सडक विग्रने गरेको डिभिजन सडक कार्यालयको भनाई छ ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com