झाँक्रीबाट दुई महिला बलात्कृत


प्रकाशित मिति : असार ३०, २०७४ शुक्रबार

असार ३०, २०७४- बेनी नगरपालिकाको एकै बस्तीका दुई महिला झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत भएका छन् । झाँक्रीको काम गर्ने बागलुङ नगरपालिका–६ का काजु भनिने ५८ वर्षीय कर्णबहादुर किसानले एक साताअघि घरमै आएर एक दिन बिराएर दुईजना महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपी किसानलाई प्रहरीले उनको बागलुङस्थित घरबाट पक्राउ गरी शुक्रबार अदालतमा मुद्दा दर्ता गरेको छ ।

‘उपचार विधि बाहिर भनेमा झाँक्रीको मन्त्रले काम नगर्ने भन्दै तामा–तुलसी र हतियार छुवाएर सयौंपटक कसम खुवाई ढोका लगाएर सुरुमा मन्त्र भन्दै गुप्तांग पूजा गरी बलात्कार गरेको पीडितले बताएका छन्,’ प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले भनिन्, ‘लाज र डरले पहिलोपटक पीडित महिलाहरू चुप लागे पनि दोस्रोपटक भने घटना बाहिर ल्याए । धामीले महिलाको ढाड, कम्मर, तल्लो पेट दुख्ने रोगलाई सूत्रका रूपमा प्रयोग गर्ने गरेको खुलेको छ ।’

चिनजानका झाँक्री भन्दै बिरामी महिलाका परिवारले किसानलाई घरमा बोलाएका थिए । टाढाको झाँक्री आएको थाहा पाएर छिमेककी अर्की महिला पनि दोस्रो दिन झारफुक गराउन पुगेकी थिइन् । आफूलाई यौनशोषण गरेको घटना महिलाहरूको आपसी कुराकानीबाट खुलेपछि दुवै प्रहरीसम्म पुगेका थिए । झाँक्रीले कसुर स्वीकार गरेको खडकाले बताइन् । उनका अनुसार झाँक्री पक्राउ परेपछि अरू महिलाले पनि फोन गरी आफूहरू पनि पीडित भएको बताएका छन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com