पेरिस, ३० असार । फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष सैनिक परेड अवलोकन गर्दै हुनुहुन्छ ।
फ्रान्सेली राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने सो परेडलाई विशेष परेडका रुपमा लिइन्छ । राष्ट्रिय दिवसका अवसरमा यहाँ विशेष कार्यक्रमको अयोजना गर्ने गरिएको छ ।
फ्रान्सका नवनियुक्त राष्ट्रपति इमानुअल म्याक्रोनको आमन्त्रणमा अमेरिकी राष्ट्रपति ट्रम्प हिजो फ्रान्स पुग्नु भएको छ । उहाँले सो भ्रमणका क्रममा फ्रान्सको विशेष आतिथ्यता ग्रहण गर्नुहुने भएको बताइएको छ ।
फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा आयोजना गरिने एक विशेष कार्यक्रममा उहाँलाई सम्मानस्वरुप प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । सो पर्वका लागि उहाँ फ्रान्स जानुभएको बताइएको छ ।
खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏
फ्रान्सको राष्ट्रिय दिवस जुलाई १४ मा पर्दछ । यस दिवसको अवसरमा आज पेरिसमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
विशेष समारोहमा सैनिकले हेलिकोप्टरबाट पुष्पबृष्टि गर्नुका साथै विभिन्न कलाकौशल प्रदर्शन गर्ने गर्दछन् । यस्तो कला कौशलको अवलोकनका लागि फ्रान्सले बर्षेनी कुनै न कुनै देशका प्रधानमन्त्री वा राष्ट्रपतिलाई विशेष अतिथिका रुपमा आमन्त्रण गर्ने गर्दछ ।
उता आज नै फ्रान्समा गतवर्ष भएको आतङ्ककारी हमलाको बार्षिकी पनि परेको छ । गत बर्ष आजकै दिन फ्रान्सको निस सहरमा भएको आतङ्ककारी हमलामा कैयौँ नागरिकको ज्यान गएको थियो ।
सो समारोहमा पनि उहाँहरु उपस्थित हुनुहुने भएको छ । उहाँहरुले उक्त हमला भएको घटनास्थलमा गएर मृतकहरुप्रति श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको पेरिसबाट प्राप्त अर्काे एक समाचारमा जनाइएको छ ।
फ्रान्सेली राष्ट्रपति ३९ बर्षीय म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई विशेष स्वागत गरेको करिब छ हप्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्नो देशमा विशेष स्वागत गर्दै हुुनुहुन्छ ।
फ्रान्स र अमेरिकी सम्बन्धमा केही समयअघिदेखि उतार चढाव आइरहेको बताइएको थियो । फ्रान्सको पेरिसमा गतवर्ष सम्पन्न पेरिस सम्झौतामा अमेरिकाको विरोध रह्यो । सोही कारण पनि अमेरिकाको विरोध भएको थियो ।
बिहीबार राष्ट्रपति म्याक्रोन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सो अवसरमा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले शुक्रबार बिशेष समारोहको आयोजना हुने र त्यसको अवलोकनका लागि आफू पनि निकै उत्सुक रहेको बताउनुभएको थियो ।
त्यसैगरी उहाँले अमेरिका र फ्रान्सबीचको सम्बन्ध निकै राम्रो भएको बताउनुभएको थियो । उहाँले भन्नुभयो ‘हामीबीच स्वतन्त्रताको प्राप्तिका लागि गरिएका विविध क्रान्ति र सङ्घर्षका कथाहरु जोडिएको विशेष सम्बन्ध छ, हामी असल र हितैषी राष्ट्र हौँ ।’
फ्रान्सको गृह मन्त्रालयले दिएको जानकारी अनुसार यस विशेष सामारोहलाई थप आकर्षक र विशेष बनाउन कम्तीमा पनि १ लाख ३० हजार जना प्रहरी खटाइएको छ ।
फ्रान्समा गएका केही बर्षयतादेखि आतङ्ककारी हमला हुने गरेको छ । सन् २०१५ देखि गरिएका यी हमलामा परी दुई सय भन्दा बढीको ज्यान गएको छ ।
गत बर्ष निसमा भएको हमलामा परी ८६ जनाको ज्यान गएको थियो भने अरु कैयौँ व्यक्ति घाइते भएका थिए । आतङ्ककारीले ट्रकमा विस्फोटक पदार्थ राखी आक्रमण गरेको थियो ।
त्यसैगरी दुई बर्षअघि पनि पेरिसमा रहेको एक पत्रिका चार्ली एब्दोमा गरिएको आतङ्ककारी हमलामा त्यस पत्रिकाका सम्पादक सहितका व्यक्तिको ज्यान गएको थियो । यी सबै आक्रमणहरुको आइएसले जिम्मा लिएको छ । रासस÷एएफपी
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।