प्लास्टिकको चामल बेचेको आरोपमा सीतापाइलाबाट शेरचन पक्राउ


प्रकाशित मिति : असार २९, २०७४ बिहीबार

काठमाडौं प्रहरी परिसरले सक्कली चामलमा प्लास्टिकको चामल मिसाएर बेचेको आरोपमा सीतापाइलाबाट टंकप्रसाद शेरचनलाई पक्राउ गरेको छ । चामलमा मिसावट भएको सूचनाका आधारमा प्रहरीले टंकको शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा छापा मारेको थियो । आरटीसी ब्रान्डको चामलको आधिकारिक बिक्रेता रहेका शेरचनको गोदाममा २० केजी तौलको लङ ग्रेन चामल पाँच सय बोरा थिए ।

प्रहरी प्रधान कार्यालय नक्सालभित्र रहेको एक नम्बर प्रहरी गणमा खानका लागि भन्दै शेरचनको गोदामबाट चामल ल्याइएको थियो । तर पकाएर खाने क्रममा चिसो भएको भात भुइँमा झर्दा रबरझै उफ्रिएको भन्दै उनीहरूले यसबारे बुझ्न काठमाडौं प्रहरी परिसरमा खबर गरेका थिए । परिसरका प्रमुख एसएसपी छविलाल जोशीले चामलबारे परीक्षण भइरहेको बताए ।

शेरचनले प्लास्टिकको चामल ल्याएर सक्कली चामलमा निश्चित परिमाणमा मिसाएर बिक्री गर्ने गरेको आशंका प्रहरीले गरेको छ । तर प्रहरीले छापा मार्दा उनले मिसावट गरेर बेच्ने भनिएको चामल गोदाममा थिएन ।

जानकारहरूका अनुसार प्लास्टिकको चामल पच्दैन र आमाशयमा लामो समयसम्म टाँस्सिएर बस्छ । यसले मानिसमा गम्भीर प्रकृतिको ग्यास्ट्रिकको समस्या गराउन सक्छ । प्रहरीले पक्राउ परेका शेरचनमाथि अखाद्य पदार्थ बिक्रीवितरणसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ । काठमाडौं प्रहरी परिसरले प्लास्टिकको भनिएको चामलको गुणस्तर परीक्षण गर्न बुधबार नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको छ । विभागका महानिर्देशक सञ्जीव कर्णले परीक्षणको नतिजा सकेसम्म बिहीबार आउने जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com