गोलभेंडा र काउलीमा अत्यधिक विषादी


प्रकाशित मिति : असार २८, २०७४ बुधबार

– राजु चौधरी

-पाँचखालबाट भित्रिएको काउलीमा ६६.८ प्रतिशत, चौताराबाट आएको गोलभेंडामा ५७.५ प्रतिशतसम्म विषादी

-एलर्जी, बाँझोपन, प्यारालाइसिसलगायत क्यान्सरसमेत हुन सक्छ : खाद्य प्रविधि

असार २८, २०७४- उपत्यकामा भित्रिने गालभेंडा र काउलीमा विषादीको मात्रा उच्च रहेको फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बाली संरक्षण निर्देशनालयअन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण इकाई कालिमाटीको संयुक्त अनुगमन टोलीले उपत्यकाका चार नाकामा गरेको अनुगमनमा यस्तो फेला परेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टोलीले मंसिरदेखि जेठ महिनासम्म अनुगमन र नमुनाको संकलन गरी बायो ऐसेस विधिबाट विश्लेषण गरेको थियो । त्यसक्रममा गोलभेंडा र काउलीमा विषादीको मात्रा उच्च रहेको पेला पारेको हो । विभागका सहप्रवक्ता मदनकुमार चापागाईका अनुसार काउली, गोलभेंडा, आलु, बोडी, करेलालगायत १२ प्रकारको तरकारीमा अनुगमन गरेको थियो । त्यसमध्ये १ सय ३१ नमुना संकलन र विश्लेषण भएको उनले बताए ।

‘थानकोट, बालाजु, जगाती, दक्षिणकाली नाकामा संकलन गरिएका तरकारीमध्ये गोलभेंडा र काउलीमा बढी इनिमेसन (बिषादीको परिमाण) अत्याधिक प्रयोग भएको देखियो,’ चापागाईले भने । इनिमेसन रेट खाद्य वस्तुमा विषादीको मात्रा नाप्ने एकाइ हो । बढी इनिमेसन भएका खाद्य वस्तु बढी विषादीयुक्त हुने भएकाले खान नमिल्ने र कम इनिमेसन भएका तरकारी मात्र उपभोग योग्य हुन्छन् । विभागले तयार पारेको प्रतिवेदनअनुसार चौताराबाट जगाती नाका हुँदै उपत्यका भित्रिएको गोलभेंडामा ५७.५ प्रतिशत इनिमेसन फेला परेको थियो । पाँचखालबाट भित्रिएको काउलीमा ५२.४ प्रतिशत इनिमेसन फेला परेको जनाइएको छ । टोलीले उक्त नाकामा मंसिर २३ गते अनुगमन गरी १२ प्रकारका तरकारीको नमुना परीक्षण गरेको थियो ।

विभागले मंसिरदेखि जेठसम्म गरेको अनुगमनको आधारमा यो तथ्य सार्वजनिक गरेको हो । फागुन १० मा धादिङबाट थानकोट भित्रिएको काउलीमा ६३.८ प्रतिशत र पाँचखालबाट भित्रिएको गोलभेंडामा ६६.८ प्रतिशत इनिमेसन फेला परेको सहप्रवक्ता चापागाईले बताए । थानकोट र पाँचखालमा क्रमश: माघ १० र २३ गते अनुगमन भएको थियो । यस्तै भारतबाट आयातित गोलभेंडामा ४६.५ प्रतिशत इनिमेट फेला परेको जनाइएको छ । निर्देशनालयका अनुसार जेठमा कालिमाटी तरकारी बजारभित्र केही तरकारीमा इनिमेसनको मात्र बढी देखिएको थियो ।

निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माका अनुसार ३५ प्रतिशत इनिमेसन रेट भएका खाद्य वस्तु मात्र सहज रूपमा खान मिल्छ । ४५ प्रतिशतसम्म इनिमेसन रेट भएका खाद्यवस्तु खान अयोग्य भए पनि केही समय भण्डारणमा राख्दा इनिमेसन रेट कम भएमा खान मिल्छ ।

४५ प्रतिशतभन्दा माथि इनिमेसन रेट भएका खाद्यवस्तु भने पूर्णत: अखाद्य हुने शर्माले बताए । ‘४५ प्रतिशतभन्दा बढी इनिमेसन रेट फेला परे तरकारी खान अयोग्य ठहरिन्छ,’ उनले भने, ‘उक्त तरकारी नष्ट नै गर्नुपर्छ ।’ जानकारका अनुसार विषादीको प्रयोग गर्दा ध्यान नदिने, धेरैपटक विषादी हाल्ने, विषादीको डोज बढी प्रयोग गर्दा इनिमेसन रेट बढ्छ ।

सहप्रवक्ता चापागाईका अनुसार व्यवसायीले इनिमेसन रेट उच्च भएका खाद्यवस्तुले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ । ती खाद्यवस्तुको उपभोगले क्यान्सर, पक्षाघात, मुटुको रोग, मृगौलाले काम नगर्ने, एलर्जी, बाँझोपन, प्यारालाइसिसलगायत समस्या देखिने उनले बताए । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले व्यावसायिक कृषकले अत्यधिक विषादी प्रयोग गरेको बताए । लगानीको प्रतिफल बढीभन्दा बढी नाफा पाउन उपभोक्ताको जीउज्यानमाथि खेलबाड भएको उनले बताए । ‘विषादी तरकारीबाट बच्न व्यवसायी, कृषक र उपभोक्ता स्वयं सचेत र जागरुक हुन जरुरी छ,’ उनले भने । मञ्चले गरेको अध्ययनमा सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट मकवानपुर, धादिङ र बारामा उत्पादित तरकारीमा बढी विषादी प्रयोग हुने गरेको जनाइएको छ ।

‘हाल बजारमा नयाँ–नयाँ विषादी भित्रिएका छन् । तरकारी ताजा बनाउन वा चम्काउन विषादीको प्रयोग बढ्दो छ,’ महर्जनले भने, ‘यसले उपभोक्ताको स्वास्थ्यमा धेरै नोक्सानी हुन्छ ।’ चापागाईका अनुसार विभागले तयार पारेको प्रतिवेदन अनुसन्धानात्मक नमुना हो । तरकारीमा देखिएको समस्या समाधान गर्न सम्बन्धित निकायमा परिपत्र गरिएको विभागको दाबी छ । ‘विषादीको मात्रा कम गरी बजार सुधार गर्न जिल्ला कृषि विकास कार्यालयमार्फत सम्बन्धित ठाउँका किसानलाई सचेतना, तालिमका लागि परिपत्र गरेका छौं,’ सहप्रवक्ता चापागाईले भने ।

यसअघि निर्देशनालयले परीक्षण गर्दा आलु, तितेकरेला, भान्टा, बोडीलगायत वस्तुमा अत्यधिक विषादी भेटिएको थियो । निर्देशनालयले कालिमाटीमा विषादी परीक्षण गर्ने प्रयोगशाला स्थापना गरे पनि नियमित जाँच हुने गरेको छैन । तर, पछिल्लो समय विषादीको प्रयोग घटेको निर्देशनालयको दाबी छ ।
‘विगत दुई–तीन वर्षको तुलनामा विषादी प्रयोगको मात्रा धेरै कम भएको छ ।
गत महिनामा कालिमाटी बजारमा फाट्टफुट्ट मात्रै विषादी पाइएको थियो,’ निर्देशक शर्माले भने । विषादीको प्रयोगको मात्रा घटाउन उपभोक्तकर्मी संस्थाको सहयोगमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

बच्ने उपाय

विषादीबाट बच्न सजिला घरेलु उपायहरू छन् । तरकारी पकाउनुअघि पानीमा करिब १५ देखि २० मिनेट राख्नुपर्छ । पानीमा आयोनुन राख्नुपर्छ । आयोनुनले विषादी नष्ट गर्छ । करिब २० मिनेटपश्चात् ६० देखि ८० प्रतिशत विषादी नष्ट हुने जानकारहरू बताउँछन् । त्यसपश्चात् तरकारी पूर्ण रूपमा खानयोग्य हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com