चिनुक र कुमार लामा प्रकरणपछि प्रधानसेनापति बेलायत भ्रमणमा


प्रकाशित मिति : असार २७, २०७४ मंगलबार

असार २७, २०७४- प्रधानसेनापति राजेन्द्र क्षत्री यतिखेर ६ दिने बेलायतको सद्‍भावना भ्रमणमा छन् । संयुक्त राष्ट्रसंघीय मुख्यालय, न्यूयोर्कमा विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशको दोस्रो प्रमुख रक्षा सम्मेलन सकेर क्षत्री बेलायत आएका हुन् । बेलायती सेनाध्यक्षको निमन्त्रणमा आइतबार लन्डन उत्रिएका प्रधानसेनापतिले सोमबारदेखि बेलायती सैन्य अधिकारीहरुसँग भेटघाट सुरु गरेका छन् ।

लन्डन दूतावासका सैनिक सहचारी कर्णेल प्रदीपजंग केसीका अनुसार, क्षेत्रीले सोमबार नाइट्सब्रीजस्थित हाउसहोल्ड क्याभर्ली माउन्टेड रेजिमेन्ट (एचसीएमआर) सैन्य शिविर अवलोकन गरे । साथै, प्रधानसेनापतिले चिफ अफ दि डिफेन्स स्टाफ एयर चिफ मार्सल सर स्टुआर्ट विलियम पिच र चिफ अफ दि जनरल स्टाफ जनरल सरनिकोलस प्याट्रिक निक कार्टर एवं रक्षा मन्त्रालयका पदाधिकारीहरुसँग भेट गरेका छन् । भेटमा क्षत्री र बेलायती वरिष्ठ सैन्य अधिकारीहरुबीच द्विपक्षीय हित, नेपाली सेनाको आधुनिकीकरणमा बेलायतको सहयोग, प्रशिक्षण आदि विषयमा छलफल भएको बताइएको छ । रक्षा मन्त्रालयको भ्रमणमा क्षत्रीलाई ब्रिटिस सेनाको अवस्था, अपरेसनलगायत विविध पक्षबारे अवगत गराइएको थियो ।

सोमबार लन्डन दूतावासमा आयोजित कार्यक्रममा प्रधानसेनापति क्षत्रीले नेपाल र बेलायती सेनाबीचको सम्बन्ध पृथक् र उदाहरणीय रहेको बताउँदै नेपाल ब्रिटेन कूटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष पूरा भएको उपलक्ष्यमा भएको सद्‌भावना भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन मद्दत पुग्ने आशा व्यक्त गरे । ‘नेपाल र ब्रिटेनको सम्बन्ध युद्धबाट सुरु भयो’, क्षत्रीले भने, ‘सन् १८१६ को सुगौली सन्धिपछि दुवै देशबीचको सम्बन्धले समयको परीक्षा उत्तीर्ण गरेको छ ।’ दुवै देशका नागरिक एउटै सेनामा एकीकृत भएर पनि लामो समयसम्म सेवा गरेको यो विश्वकै विरलै उदाहरण भएको उनको धारणा थियो ।

शुक्रबार स्वदेश फर्कनुअघि प्रधानसेनापति क्षत्रीले बेलायती सेनाको मुख्यालय एवं विभिन्न सैनिक एकाईको समेत भ्रमण गर्ने कार्यक्रम छ । बेलायतले भूकम्पपछि पीडितको उद्धार तथा राहतका लागि पठाएका तीनवटा ब्रिटिस मिलिट्री हेलिकप्टर ‘चिनुक’ नेपाल सरकारले उड्न नदिँदा करदाताको एक मिलियन पाउन्ड (करिब १५ करोड ६० लाख रुपैयाँ) त्यसै खेर गएको विषयमा बेलायत सरकार नेपालसँग असन्तुष्ट थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलायती अधिकारीहरुसँगको पटक पटकको छलफलपछि पनि नेपाल सरकारले ती हेलिकप्टर अवतरण गर्दा कमजोर भौतिक संरचना (घर) झन् भत्किन सक्ने बहाना बनाउँदै उडान अनुमति नदिएपछि भारतको चण्डीगढ एयर बेसमा झण्डै महिना दिन कुरेर चिनुक फर्कन बाध्य भएका थिए ।

उता, नेपाली सेनाका महासेनानी कर्णेल कुमार लामालाई बेलायतले द्वन्द्वताका १२ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक ब्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोगमा क्रिमिनल जस्टिस एक्ट १९८८, १३४ (१) अन्तर्गत मुद्दा दायर गरेको थियो । केही समय जेल समेत बसेका लामा पछि निर्दोष सावित भएर नेपाल फर्किसकेका छन् ।

दुवै देशको सम्बन्ध चिस्याउन सघाउने यी दुई प्रकरणपछि नेपाली वरिष्ठ सैन्य अधिकारीको औपचारिक बेलायत भ्रमण भएको हो । यी प्रकरणकै कारण प्रधानसेनापतिको बेलायत भ्रमण ढिलाइ भएको कतिपयको विश्लेषण छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com