खोलाको बीचमा अलपत्र बालकको पन्ध्र घण्टापछि जीवितै उद्धार


प्रकाशित मिति : असार २७, २०७४ मंगलबार

रामपुर (पाल्पा)अरुणखोलाले बगाएर खोलाको बीचमा अलपत्र अवस्थामा बसेका एक बालकको १५ घण्टापछि जीवितै उद्धार गरिएको छ ।

निस्दी गाउँपालिका–४ मित्याल गोठडाँडा बस्ने वर्ष १० का रजिन सुनारी अरुण खोलाको बीच भागमा अलपत्र अवस्थामा अड्किएर बसेका थिए ।

खोलामा पानीको बहाव बढेका कारण उनको सोमबार नै तत्काल उद्धार हुन सकेको थिएन । आज बिहान ६ बजे उनको रुप्सेभन्ज्याङ प्रहरीचौकी मित्यालको टोली र स्थानीयवासीद्वारा सकुशल उद्धार गरिएको छ ।

सोमबार दिउँसो करिब ३ बजेको समयमा अरुणखोलाको दोभानमा रहेको भन्टाकेको नारटोडी खोलामा पौडी खेल्ने क्रममा खोलामा एक्कासि पानी बढेर आउँदा उनलाई बगाएर अरुणखोलामा पु¥याएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पौडी खेलेको स्थानबाट झन्डै २०० मिटर तल अरुण खोलाको बीच भागमा थुप्रिएको बगरमा उनलाई आफन्तले देखेपनि उनको उद्धार गर्न सकिएको थिएन ।

बालकले इशारा गरेर उद्धारका लागि आफन्तलाई बोलाए पनि खोलामा पानीको गति बढ्दो अवस्थामा रहेकाले खोलामा पस्न नसक्दा उनको आज बिहान मात्र उद्धार भएको स्थानीयवासी धनबहादुर ठाडाले जानकारी दिनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com