राष्ट्रपतिको लागि गाडी किन्न बजेट माग भएको छैन : प्रधानमन्त्री


प्रकाशित मिति : असार २६, २०७४ सोमबार

असार २६, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि सवारी साधन खरिदका लागि बजेट माग नभएको सोमबार बताएका छन् । संसदमा नेपाल मजदुर किसान पार्टीका साँसद प्रेम सुवालले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले राष्ट्रपति सुरक्षा र गरिमाका लागि पनि महंगो गाडी आवश्यक पर्ने बताए ।

‘राष्ट्रपतिलाई महंगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन,’ प्रधानमन्त्री देउवाले भने– ‘राष्ट्रपति पदको गरिमा र सुरक्षाका लागि त्यस्तै किसिमको गाडीको आवश्यकता पर्छ ।’

आइतवार राष्ट्रपतिका लागि सवारी साधन खरिद गर्नका लागि १६ करोड रुपैयाँ सरकारसंग माग गरेको समाचार सार्वजनिक भएपछि त्यति ठुलो रकम किन चाहिने भन्दै सामाजिक सञ्जालहरुमा प्रश्न उठेको छ । सुवालले राष्ट्रपतिका लागि १६ करोडको सवारी साधन किन्ने लागिएको विषयमा चलेका चर्चाबारे प्रधानमन्त्रीसंग प्रश्न गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com