महोत्तरी, २६ असार । ब्युटिसियनलाई अपहरण गरेर सामूहिक बलात्कार गर्ने चार युवा पुर्पक्षका लागि जेल चलान भएका छन् । गत जेठ २८ गते साँझ औरही बजारबाट आफ्नो ब्युटी पार्लर बन्द गरेर साइकलमा चढी घर फर्कने क्रममा फूलबरीया निवासी २० वर्षीया एक युवतीलाई स्थानीय चार युवाले अपहरणको शैलीमा नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेका थिए ।
जील्ला न्यायाधीश दीपकराज पन्थको इजलाशले औरही गाउँपालिका–२ का २२ को सुनिलकुमार साह, सुरेशप्रसाद यादव, रमेश पञ्जियार र अनिकेतकुमार यादवलाई पुर्पक्षका लागि जलेश्वर कारगार पटठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।