हात्तीमाथि ‘म यस्तो गीत गाउँछु…’


प्रकाशित मिति : असार २४, २०७४ शनिबार

असार २४, २०७४- पछिल्लो समय फिल्मको प्रचार गर्ने शैली नयाँ/नयाँ अपनाउन थालिएको छ । शुक्रबार नारायणगढमा फिल्म ‘म यस्तो गीत गाउँछु’ युनिटले प्रचारको नौलो तरिका अपनायो । असार ३० बाट देशभर प्रदर्शनमा आउन लागेको फिल्मबारे दर्शकलाई जानकारी ब्यानरसहित कलाकार हात्तीमाथि चढे ।
हात्तीमाथि नायक पल शाह, नायिका पूजा शर्मा र अभिनेता सरोज खनाल थिए । पानी दर्किरहेको थियो । पल र पूजा छाता ओढेर बसे पनि सरोज भिजेरै दर्शकदीर्घातर्फ हात हल्लाइरहेका थिए । नायक पल घरी छाता ओढ्थे त घरी दर्शकतिर हेर्दै हात हल्लाएर मुस्कुराउँथे ।
पर्दामा देखिरहेका कलाकारलाई अचानक हात्तीमा चढेर सडकमा देख्दा बजारबासी आश्चर्यमा परे । हेर्नेको भीड लाग्यो । पानीमा रुझै दर्शकबीच फोटो खिच्न प्रतिस्पर्धा चल्यो । पुल्चोकबाट सुरु हात्तीयात्रा सहिद चोक, लायन्स चोक हुँदै पहिलाकै स्थानमा आएर टुंगिएको थियो । सञ्चारकर्मीलाई फिल्मबारे जानकारी गराएर कलाकारलाई हात्तीमा चढाइएको थियो ।
‘चितवन चिनाउने काम हात्ती/गैंडाले गरेका छन्,’ अभिनेता खनालले भने, ‘यसरी हात्तीमा बसेर फिल्मको प्रचार गर्न पाउँदा खुसी लागेको छ ।’ फिल्मको गीत बजाउँदै गरिएको प्रचारलाई दर्शकले अनौठो मानेका थिए । ‘फिल्म राम्रो बनेको छ,’ पलले भने, ‘यहाँ हामी दर्शकसँग नजिक हुन आएका हौं ।’
‘स्क्रिप्ट पढ्दा नै मेरो आँखाबाट आँसु आएको थियो,’ अभिनेता खनालले भने, ‘फिल्म अझ राम्रो बनेको छ । फिल्म हेर्दा कत्ति पनि बोर लाग्दैन ।’ उनले पूजाको बाबुको रूपमा अभिनय गरेको बताए । ‘यसअघि बनेको ‘प्रेम गीत’ मा पूजाको सफ्ट हार्टेड बाबुको रूपमा प्रस्तुत भएको थिएँ,’ खनालले भने, ‘यसपटक हार्डकोर बाबुको रूपमा देखिएको छु ।’ फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने निर्माणमा समेत उनले नायिका पूजासँग सहकार्य गरेका छन् ।
‘पहिलो पटक प्रोडयुसरको रूपमा आएकी छु,’ पूजाले भनिन्, ‘सबैको सपोर्ट चाहिएको छ ।’ अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा तीन गीत समावेश छन् । गीतमा पोखरेलको समेत स्वर सुन्न पाइन्छ । ‘मैले पनि यसमा अभिनय गरेको छु,’ फिल्मका अर्का कलाकार सोभित बस्नेतले भने, ‘फिल्ममा विशुद्ध मनोरञ्जनात्मक प्रेमकथा छ ।’ पूजाले फिल्ममा मिक्स कथा रहेको र मन छुने डायलग भएको सुनाइन् । पूजासँगको घनिष्ठताबारे पलले भने, ‘हामीलाई राम्रो साथी बन्न दिनुस् । पूजा र म मिल्ने साथी मात्र हो ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com