एमाले पहिलो, कांग्रेस दोस्रो


प्रकाशित मिति : असार २४, २०७४ शनिबार

असार २४, २०७४- स्थानीय तहको दुई चरणको निर्वाचनबाट प्रमुख राजनीतिक दलहरूको राजनीतिक हैसियत फेरबदल भएको छ । स्थानीय चुनावले संसदीय गणितमा तलमाथि नपारे पनि जनमत बदलिएको स्पष्ट देखाएको छ । एमाले पहिलो दलका रूपमा स्थापित भएको छ भने कांग्रेस दोस्रो दलमा खुम्चिएको छ । यसअघि २०७० को चुनावमा कांग्रेस पहिलो दलका रूपमा थियो ।
वैशाख ३१ मा भएको प्रदेश नम्बर ३, ४ र ६ तथा असार १४ मा भएको १, ५, ७ नम्बर प्रदेशका दुवै चुनावमा एमालेको अग्रता कायमै रह्यो । चुनाव भएका ६ प्रदेशमध्ये पाँचवटामा एमाले प्रथम पार्टीका रूपमा स्थापित भएको छ । प्रदेश नम्बर ४ मा भने कांग्रेस ठूलो दलका रूपमा रहेको छ । प्रमुख पदलाई आधार मान्दा एमालेले ४४ प्रतिशत, कांग्रेसले ३६ प्रतिशत र माओवादीले १३ प्रतिशत सिटमा विजय हासिल गरेका छन् । अब प्रदेश नम्बर २ मा असोज २ गते चुनाव हुँदैछ । त्यस क्षेत्रमा १ सय २७ स्थानीय तह रहेका छन् । पहिलो चरणमा चुनाव भएका चारवटा महानगरमध्ये पोखरा र काठमाडौं एमालेले जितेको छ । ललितपुर महानगर कांग्रेसले हात पारेको छ । भरतपुर महानगरको भने विवाद भएपछि मतगणना नै रोकिइरहेको छ । दोस्रो चरणमा भएको चुनावमा विराटनगर मात्र महानगर थियो । त्यहाँको परिणाम आइसकेको छैन । तर त्यहाँ कांग्रेसले जित्ने पक्कापक्की देखिएको छ । सातवटा उपमहानगरमध्ये अधिकांशमा एमालेले नै जितेको छ ।
घोराही, तुलसीपुर, बुटवल, हेटांैडा, इटहरी उपमहानगर एमालेले जितेको छ । धरान उपमहानगरको अन्तिम परिणाम आउन बाँकी छ । त्यहाँ पनि एमालेकै अग्रता छ । नेपालगन्ज उपमहानगरको प्रमुखमा भने राप्रपाले जितेको छ । धनगढी उपमहानगर कांग्रेसले जित्ने पक्कापक्की छ । अब चुनाव हुने प्रदेश नम्बर दुईमा ठूलामध्ये वीरगन्ज महानगर र जनकपुर उपमहानगरपालिका छन् ।
स्थानीय चुनावको परिणामअनुसार प्रमुख पद जित्ने अन्य दलहरूमा संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेमकिपा र नयाँ शक्ति छन् । तर उनीहरूले थोरै स्थानमा मात्र आफ्नो उपस्थिति जनाउन सकेका छन् । दोस्रो चरणको चुनाव बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीका तर्फबाट स्वतन्त्र चुनाव लडेकामध्ये तीन जना स्वतन्त्र उम्मेदवारले प्रमुख पदमै जितेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com