सामुदायिकमा शैक्षिक गुणस्तर वृद्धि यसरी


प्रकाशित मिति : असार २३, २०७४ शुक्रबार

असार २३, २०७४- सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई लिएर मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले उत्कृष्ट माविका प्रधानाध्यापकलाई कीर्तिपुरस्थित जनसेवा माविमा निम्त्यायो । ‘सामुदायिक विद्यालयहरूबाट गुणस्तरीय शिक्षा प्रदान गर्न गरिएका असल अभ्यासहरूको आदानप्रदान तथा अनुकरणीय अभ्यासहरू पहिचान गर्ने’ उद्देश्यसहित बोलाइएको उक्त भेलामा शिक्षा अधिकारी, शिक्षाविद्, शिक्षाकर्मीहरूका सामु विभिन्न विद्यालयका प्रधानाध्यापकले आफूले गरेका प्रयासहरूबारे जानकारी गराएका थिए । विद्यालयपिच्छे शैक्षिक सुधारका पक्षहरू यस्ता थिए ।

मन्थली मावि, रामेछाप
शिक्षकलाई ल्यापटप किन्न १० हजार अनुदानको व्यवस्था छ । पढाउने दिने बढी तोकिएको छ, बिदा कम दिइन्छ । शिक्षक र विद्यार्थीलाई अरू विद्यालय अवलोकन गराइन्छ । शनिबारको दिन विज्ञान, गणित र अंग्रेजीको परीक्षा लिइन्छ । ६ घण्टी पढाउने र २ घण्टी विषय मिलेको शिक्षकको कक्षा अवलोकन गराइन्छ । प्रत्येक कक्षाकोठाको व्यवस्थापन चुस्त छ । विद्यार्थीमध्येबाट एक जनालाई नियमित अन्तरालमा भाग्यशाली छनोट गरिन्छ ।

दहु मावि, रामेछाप
कक्षा ३ सम्म ग्रेड शिक्षण तथा ८ देखि १० सम्म डे बोडर्स र अंग्रेजी माध्यममा पढाइन्छ । बाहिरी प्रश्नपत्र ल्याएर जाँच लिइन्छ र अरू विद्यालयका शिक्षकबाट कापी परीक्षण गराई नतिजा निकालिन्छ । शिक्षणमा श्रव्यदृश्य माध्यमको प्रयोग गरिन्छ ।

विष्णुज्योति मावि, रामेछाप
शिक्षकलाई रातो मसी र कलमको व्यवस्था छ । पाठयक्रम स्वयं व्यवस्था गराइन्छ । प्रत्येक कक्षाकोठामा पुस्तकालय र खानेपानीको व्यवस्था छ । हरेक दिन छुट्टीअघि त्यस दिनको कक्षाबारे विद्यार्थीलाई संक्षिप्तमा समीक्षा सुनाउन लगाइन्छ । शैक्षिक सत्रको सुरुमै उपलब्धिबारे सम्झौता गराइन्छ । निर्णय प्रक्रियामा बालबालिकालाई सहभागी गराइन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेघा मावि, भक्तपुर
छात्राहरूको महिनावारीको अवधिमा जगेडा पोसाकको व्यवस्था गरिएको छ । अनिवार्य युनिट, मध्यत्रैमासिक र त्रैमासिक परीक्षा लिइन्छ । बुक कर्नर तथा ई–लाइब्रेरीको व्यवस्था छ । निगरानी बढाउन सीसी टीभी राखिएको छ ।

बागेश्वरी मावि, भक्तपुर
शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापनका पदाधिकारीलाई आफ्ना छोराछोरी आफू कार्यरत विद्यालयमै पढाउन अनिवार्य गरिएको छ । कक्षा ३ सम्म दिवा खाजाका साथै उपचार कक्षा र करिअर काउन्सिलिङको व्यवस्था छ । शिक्षक डायरी, अत्याधुनिक पुस्तकालय, बारकोडबाट पुस्तक वितरण, तहगत रूपमा लाइब्रेरी र कम्प्युटर ल्याबको व्यवस्था छ । शिक्षकलाई अक्षर सुधारको तालिम दिलाइन्छ । प्रत्येक कक्षामा भित्तेघडी राखिएको छ ।

हनुमन्ते मावि, दोलखा
डिस्प्ले बोर्ड, नोटिस बोर्ड राखिएको छ । सिकाइका लागि मोबाइल चलाउन दिइएको छ । वाईफाई फ्री गरिएको छ । चन्दा बाकस राखिएको छ । शिक्षक र विद्यार्थीहरूको जन्मदिन विद्यालयमै मनाउने गरिन्छ । यसबाट उठेको ५० हजारभन्दा बढी रुपैयाँ कोषमा राखिएको छ । शिक्षकको औसत २ सय १० दिन र विद्यार्थी औसत १ सय ९८ दिन उपस्थिति रहेको छ । कक्षामा श्रव्यदृश्य माध्यमको व्यवस्था छ । ज्ञानवद्र्धक डकुमेन्ट्रीहरू पनि देखाउने गरिन्छ ।

काठमाडौंका विद्यालयहरू
अतिरिक्त क्रियाकलापको लागि विभिन्न क्लबको व्यवस्था गरिन्छ । विद्यार्थीहरूलाई पालैपिच्छे स्कुल क्याप्टेन, हाउस लिडर, क्लास मनिटरको जिम्मेवारी दिइन्छ । कमजोरलाई नि:शुल्क कोचिङ पढाइन्छ । विशिष्ट व्यक्तिबाट प्रार्थनाको समयमा विभिन्न ज्ञानगुनका कुराहरू भन्न लगाइन्छ । शिक्षक एवं विद्यार्थीलाई ध्यानको व्यवस्था छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई दैनिक रूपमा प्रधानाध्यापकसँगै बस्न अनिवार्य गरिएको छ ।
प्रत्येक विषयबारे छलफल गराइन्छ । शैक्षिक सत्रको अग्रिम योजना निर्माण तथा त्रैमासिक समीक्षा गरिन्छ । प्रवेश परीक्षाका आधारमा नयाँ भर्ना, अभिभावक भेट गरिन्छ । प्रत्येक दिन हरेक कक्षाको पहिलो पिरियडमा समाचार सुनाउने गरिन्छ । कतै साप्ताहिक त कतै पाक्षिक रूपमा शिक्षक बैठक बस्ने गरेको छ । विद्यालय हाता साप्ताहिक रूपमा सरसफाइ गरिन्छ । विद्यार्थीले दैनिक गर्ने कामका बारेमा चेक लिस्ट तयार गरिन्छ । विभिन्न विषयको शैक्षिक प्रदर्शनी आयोजना गरिन्छ । बोध र अभिव्यक्ति क्षमता बढाउनका लागि द्रूतपठन विकास गर्न नेपाली, अंग्रेजीजस्ता विषयका किताब पढ्न लगाइन्छ । पुस्तकालयमा पुस्तक अनिवार्य रूपमा पढ्ने व्यवस्था छ । विभिन्न चाडपर्वको महत्त्व झल्काउन विभिन्न कार्यक्रम गराइन्छ । विद्यार्थीमा आत्मविश्वास बढाउने खालका क्रियाकलाप प्रस्तुत गराइन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com