विस्तार ढिलाइले सास्ती


प्रकाशित मिति : असार २३, २०७४ शुक्रबार

असार २३, २०७४- चीन सरकारको सहयोगमा कोटेश्वर–सातदोबाटो–कलंकी सडक विस्तारको काम सम्झौताअनुसार ६ महिनाअघि नै सम्पन्न हुनुपर्ने थियो । तर चक्रपथ सुधार आयोजनाका अनुसार हालसम्म ५५ प्रतिशत काम मात्र सम्पन्न भएको छ । तोकिएको समयभित्र सडक नबन्दा सर्वसाधारण लामो समयदेखि धुवाँधूलो र ट्राफिक जामको सास्ती खेप्न बाध्य छन् ।

सडक विस्तारको लागत भने ४० प्रतिशतभन्दा बढी भइसकेको छ । ११ किलोमिटरको उक्त सडक ८ लेनको बनाउन चीन सरकारले ५ अर्ब रुपैयाँ खर्च गर्ने लगत इस्टिमेट तयार पारेको थियो । जसमध्ये हालसम्ममा करिब २ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । उक्त रकम चीनले नेपाललाई वार्षिक रूपमा दिँदै आएको अनुदान अन्तर्गतको हो । चक्रपथ सुधार आयोजना प्रमुख ज्ञानेन्द्र झाले अन्तरसरकारी निकायबीचको खिचातानी, भूकम्प, नाकाबन्दी, वर्षालगायतका कारणले तोकिएको समयभित्र सम्पन्न हुन नसकेको दाबी गरे । ‘त्यसमाथि सडकको डिजाइन परिवर्तन गर्नुपर्‍यो,’ उनले भने ।
सरकारले २०७० भदौ १६ मा सम्झौता गरी ०७३ पुसमा निर्माण सक्न समयसीमा दिएको थियो । सम्झौताअनुसार उक्त खण्डमा पहिले चार लेनको प्रमुख सडक बनाउनुपर्नेछ । जहाँ तीव्र गतिका सवारी साधन गुड्नेछन् । त्यसपछि लोकल सवारी गुड्न थप चार लेनको सर्भिस सडक निर्माण गर्नुपर्नेछ । यसबाहेक थप साइकल ट्रयाक र बाटोको दायाँबायाँ फुटपाथ र बसस्टप बनाउनुपर्नेछ । त्यस्तै प्रमुख र सर्भिस लेनमा ४/४ वटा पुल निर्माण गर्नुपर्नेछ ।

तीनवटा आकाशे पुल निर्माण गर्ने सम्झौतामा उल्लेख छ । कलंकीमा १ किमि लम्बाइको एउटा ‘सबटनेल’ पनि बनाउनुपर्नेछ । तर सम्झौताअनुसार सर्भिस ट्रयाकको हकमा २५ प्रतिशत काम पनि सम्पन्न भएको छैन । सर्भिस ट्रयाक कालोपत्रे गर्न १६ नेपाली ठेकेदार कम्पनीले ठेक्का पाएका छन् । आयोजनाका अनुसार १६ कम्पनी मध्ये २/३ वटाले मात्र आफ्नो काम सम्पन्न गरेका छन् ।

फुटपाथसहित सडकको केन्द्रविन्दुबाट दायाँबायाँ २५/२५ मिटर ८ लेनको सडक चाइनिज कम्पनीले निर्माण गर्दै छ ।  चक्रपथ सुधार आयोजना प्रमुख झाका अनुसार कोटेश्वर–कुसुन्ती ४.५ किमि सडक दायाँबायाँ फुटपाथसहित दुई लेन सडक बनिसकेको छ । कालोपत्रे गर्नमात्र बाँकी छ । उनले बीचको चार लेन सडकको काम भइरहेको बताए । ‘५ किमि सडक कालोपत्रे गर्न आवश्यक पर्ने कच्चा पदार्थ ल्याइसकिएको छ,’ उनले भने, ‘अब धमाधम काम हुन्छ ।’ उनले सडक दायाँबायाँ भत्काउनुपर्ने संरचना उपत्यका नगर विकास प्राधिकरण ललितपुरले नभत्काइदिँदा पनि समस्या भएको बताए । ‘सर्भिस ट्रयाकमा रहेको अवरोध हटाउने काम अझै ५० प्रतिशत बाँकी छ,’ उनले भने, ‘बालकुमारी, बल्खु, वाग्मती र कोटेश्वर गरी ४ वटा पुलको काम ९८ प्रतिशत र कोटेश्वर, ग्वार्को, बागडोलस्थित आकाशे पुलको काम ९५ प्रतिशत सम्पन्न भइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुवैमा रंगरोगन गर्नमात्र बाँकी छ ।’ उपत्यका नगर विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय ललितपुरका प्राविधिक पूर्ण महर्जनले सडक मिचेर बनाइएका संरचना दुई पटक भत्काइसकिएको बताए । ‘एकान्तकुना, बागडोललगायतमा अतिक्रमित संरचना भत्काइसकिए पनि सडक विस्तार गर्न चासो दिइएको छैन,’ उनले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com