पत्थरीको शल्यक्रिया गर्दा मिर्गौला झिकिएको बारे मनमोहन अस्पताल


प्रकाशित मिति : असार २२, २०७४ बिहीबार

मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रस्तावितले विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालको उपचारमा कुनै लापरबाही नभएको जनाएको छ ।

पत्थरीको शल्यक्रिया गर्दा मिर्गौला झिकिएको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित÷प्रसारित भएपछि अस्पतालले आज पत्रकार सम्मलेन गरेर पत्थरीको शल्यक्रिया गर्ने क्रममा मिर्गौलाको शल्यक्रिया भएको बिषय साँचो हो भन्दै पत्थरीको शल्यक्रियाको क्रममा मिर्गौलाबाट रगत बगेर बिरामीको ज्यानै जान सक्ने जोखिम रहेपछि परिवारकै सहमतिमा मिर्गौला झिकिएको स्पष्ट पारेको छ ।

बिरामीको दुबै मिर्गौलामा पत्थरी भएकामध्ये देब्रे मिर्गौलाको २ सेन्टिमिटर लम्बाईको पत्थरी निकाल्ने तयारी हुँदा परीक्षणबाट उक्त मिर्गौला सामान्य अवस्थामा भन्दा तल मुत्रथैलीको नजिक रहेको देखिएको बताउँदै शल्यक्रियाका नेतृत्वकर्ता वरिष्ठ युरोलोजिष्ट प्राडा गुणकुमार श्रेष्ठले भन्नुभयो– शल्यक्रिया अघि नै बिरामी र बिरामीका आफन्तलाई शल्यक्रिया जटिल र जे पनि हुन सक्ने भनि सम्झाएको, भवितव्यमा परी केहि भएमा दोष दिइने छौनौं भनी बिरामी र विरामीको आफन्तले सहि गरेपछि शल्यक्रिया गरेका थियौं ।

शल्यक्रिया गर्दा असामान्य अवस्थामा रहेका मिर्गौलाबाट अत्यधिक रक्तश्राव भई ज्यानै जानसक्ने परिस्थितिको सिर्जना भएपछि उपलब्ध वैज्ञानिक उपाय गर्दा पनि रगतश्राव नरोकिएकाले परिवारकै सहमतिमा मिर्गौला झिकिएको हो, उहाँले भन्नुभयो ।
रिमालको पत्थरी झिक्ने क्रममा मिर्गौला झिकेपछि अस्पताल प्रशासनले बिरामीका आफन्तसँग छ बुँदे सम्झौता गरेको थियो । तर बिरामी र उनका आफन्तले मिर्गौला झिक्नुको कारणको माग गर्दै रु ५० लाख क्षतिपूर्ति माग गरेका छन् । आफ्नो मिर्गौला अन्य प्रयोजनका लागि झिकिएको हुनसक्ने आरोप बिरामीले लगाउँदै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिर्गौला झिक्नुको कारण आन्तरिक रक्तश्राव भनिएपनि अस्पताल र बिरामीका आफन्तबीच भएको छबुँदे सम्झौता पत्रमा बिरामीलाई अर्को मिर्गौला फेर्नुपर्ने भए फेरिदिने, जीवनभर उपचार निःशुल्क गर्ने, हालसम्म लागेको औषधिलगायतका सम्पूर्ण उपचारशुल्क मिनाहा गर्ने, बिरामीका दुई छोराको स्वास्थ्य र शिक्षाको निःशुल्क व्यवस्था गर्ने, बिरामीको श्रीमती र बिरामीलाई पनि निको भएपछि सोही अस्पतालमा रोजगारीको व्यवस्था गर्ने तथा बिरामीको जीवन बिमा गरिदिने उल्लेख छ ।

एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्केका ३२ वर्षीय रिमाल कोखको अत्याधिक दुखाईपछि गत जेठ २२ गते उपचारका लागि उक्त अस्पतालमा भर्ना भएका थिए । उहाँको जेठ २५ गते शल्यक्रिया भएको थियो ।

रिमालले शल्यक्रिया गर्नुपूर्व चिकित्सकले यस विषयमा आफूलाई कुनै जानकारी नदिई मिर्गौला झिकेर आफन्तसँग गुपचुप गरेको सम्झौता मान्य नहुने भन्दै न्यायका लागि महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दर्ता गराएको छ ।

प्रहरी परिसरले आवश्यक कारबाही छिटै अगाडि बढाउने आश्वासन दिएको बिरामीकी बहिनी भगवती रिमालले बताउनुभयो । अस्पतालले मिलिसकेको कुरा सञ्चार माध्यममा आएको भन्दै बिरामीसँग गरिएको सम्झौता रद्द गर्ने चेतावनी पनि दिएको छ । ‘‘ उहाँहरू अदालतमै गएपनि केही हुँदैन, हार मात्र हुने हो’’ अस्पतालका निर्देशक डा धर्मराज सुवेदीले भन्नुभयो ।

परिवारको पूर्ण सहमतिमा मिर्गौला झिकिएको हो, उक्त मिर्गौला हामीसँग सुरक्षित छ, बिरामीलाई पूर्ण निको पारी पठाइएको थियो, निर्देशक डा सुवेदीले भन्नुभयो, ‘‘तीन हप्तापछि अनेक माग राख्दै बदनाम गराउने र भौतिक आक्रमणको धम्की बिरामी र उनका आफन्तले दिइरहेका छन् ।’’

अस्पतालले कुनै प्रकारका लापरवाही भएको छैन्, मिलिसकेको बिषयलाई अहिले आएर उठाइनुमा राजनीतिक विषय जोडिएको आरोप लगाएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com