मृत्युको मुखमा पुगेकी सुर्पनाले पाइन् पुनर्जन्म, डाक्टरहरुले दिए आफ्नै रगत


प्रकाशित मिति : असार २२, २०७४ बिहीबार

-शुरबहादुर सिंह

जुम्ला, २२ असार । सुर्पना हमाल अहिले अस्पतालको श्ययामाथि जीवनको लामो सास लिइरहेकी छन् । साताँै गर्भ बोकेकी हमालले अन्तिम बच्चा पाइन् तर पाठेघर फुटेर दुई टुक्रा भई अत्यधिक रक्तस्राव हुँदा झन्डै मृत्युको मुखमा पुगिन् ।

मृत्युको मुखमा पुग्नै लागेकी उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक विनोद अर्याल नेतृत्वको टोलीले पुनर्जन्म दिएको छ । ३५ वर्षीया सुर्पना हमाल तिलागुफा गाउँपालिका–३ फोइमहादेव कालीकोट जिल्लाकी हुन् ।

चिकित्सकले सुत्केरी हुने भनेर दिएको समयभन्दा दुई हप्तापछि आइन् उनी । मङ्गलबार बिहान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगेकी उनलाई बेलुका ६ बजे व्यथा लागेको र ८ः३० बजे बच्चा जन्मेको डा अर्यालले बताउनुभयो । “उनको बच्चा जन्म्यो तर थाम्नै नसकिने गरी पाठेघरबाट रगत अत्यधिक मात्रामा बग्न थाल्यो । यो दृश्यले हामीलाई निकै बिचलित बनायो,” डा अर्यालले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले अगाडि भन्नुभयो, “पाठेघरदेखि भित्रसम्म फुटेको रहेछ, रगत थाम्नलाई हामी प्रतिष्ठानका चिकित्सक, विद्यार्थी सबै लाग्यौँ र पाठेघर पनि काटेर फाल्यौँ ।” त्यो अवस्था देख्दा आफूहरुले उनी बाँच्छिन् भन्ने आशा पाँच प्रतिशत मात्र राखेको उहाँको भनाइ थियो ।

चिकित्सक र विद्यार्थीले नै रगत दिए

डा अर्यालका अनुसार सुर्पनाको शरीर रगत सकिएर सेतो भइसकेको थियो । डा अर्यालसँगै उपचारमा संलग्न प्रतिष्ठानका चिकित्सकद्वय रमेश भट्टराई र राजीव शाहले शुरुमा रगत दिएसँगै त्यहाँ अध्ययनरत विद्यार्थीले पनि उनलाई रगत दिए । एकातिर रगत अर्कोतिर अक्सिजन दिँदै गर्दा राति २ बजिसकेको र त्यतिबेलासम्म उनी होसमा नआएको डा अर्यालले जनाउनुभयो । तथापि आधा घन्टाभित्र नै सुर्पनालाई नौ पिन्ट रगत चढाइएको उहाँको भनाइ थियो ।

रक्तदाता सेना र प्रहरी

सुर्पनाले पुनर्जन्म पाउनुमा विगतदेखि रक्तदान गर्दै आएको नेपाली सेना र नेपाल प्रहरीको पनि यतिबेला पनि ठूलो योगदान रह्यो । उनको जीवन बचाउन भगवती दल गण जुम्लाका जवानसँगै गणपति सुशीलकुमार थापाले पनि रक्तदान गर्नुभयो ।

सशस्त्र प्रहरी बल जुम्लाका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीको टोली पनि रातको बीचमा रक्तदान गर्न त्यहाँ पुग्यो । चिकित्सक, नर्स, विद्यार्थी सहितको प्रतिष्ठान परिवार, सेना, प्रहरीको समुल प्रयासबाट दिइएको १४ पिन्ट रगतबाट उनले पुनर्जन्म पाएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।

पाठेघर दुई टुक्रा भएर जीवन मरणको अन्तिम अवस्थामा पुगेकी एउटी आमाको जीवन बचाएर बाल भविष्य सुरक्षित गर्ने चिकित्सक, नर्स, विद्यार्थी, सेना र प्रहरी सबैको प्रयासप्रति गर्व गर्दै रजिस्ट्रार काफ्लेले हार्दिक धन्यवाद पनि ज्ञापन गर्नुभएको छ । चिकित्सक अर्यालले उनको अवस्था अहिले सामान्य रहेको जनाउनु भएको छ ।

उनका श्रीमान् जयबहादुर हमालले प्रतिष्ठानमा नपु¥याएको भए श्रीमती र छोरा दुवैको ज्यान अकालमा जाने बताए । प्रतिष्ठानले यति ठूलो काम गर्छ भन्ने नबुझेका उनले मृत्युको मुखमा पुगेकी श्रीमतीलाई जीवन दिने सबैलाई भगवान्को सङ्ज्ञा दिए ।

प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्व शाहीले कर्णालीका दर्जनौँ नागरिकको जीवनदाता बनेर नेपाली सेनाले ठूलो गुण लगाएको जनाउनुभयो । उहाँका अनुसार प्रतिष्ठानका अधिकतम जटिल घटनाको सारथी नेपाली सेना बन्दै आएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com