परिक्षा दिएका विद्यार्थीको उत्तरपुस्तिका हराएपछि नतिजामा अनुपस्थित


प्रकाशित मिति : असार २१, २०७४ बुधबार

त्रिविको चरम लापरवाही

असार २१, २०७४- त्रिभुवन विश्वविद्यालयको लापरबाहीले विद्यार्थीले लेखेको उत्तरपुस्तिका हराएपछि परीक्षामा अनुपस्थित रहेको नतिजा सार्वजनिक भएको छ । पब्लिक युथ क्याम्पसमा एमबीए पहिलो बर्षमा अध्ययनरत १ सय ९५ जना विद्यार्थीको एकाउन्टिङ विषयको उत्तरपुस्तिका हराएको हो ।

गत पुसमा दिएको परीक्षामा उत्तरपस्तिका नै नभेटेको भन्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले पुन: परीक्षा दिनुपर्ने अडान लिएको छ । विद्यार्थीहरुले विरोध गरिरहेका छन् ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले उत्तरपुस्तिका नभेटिएकोले अनुपस्थित राखेर नतिजा प्रकाशित गरिएको दाबी गरे । यो विषयमा छानविन समितिले बिहीबार प्रतिवेदन बुझाएपछि यथार्थ बाहिर आउने उनले बताए । परीक्षा केन्द्रबाट त्रिविमा उत्तरपुस्तिका पठाएको रेकर्ड भेटिएको कार्यालयले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com