नेपालीलाई अन्तरिक्ष यात्रामा जाने मौका


प्रकाशित मिति : असार २०, २०७४ मंगलबार

असार २०, २०७४- नेपाल एस्ट्रोनोमिकल सोसाईटी (नासो) ले ‘टेराज्त्रा स्पेस एक्सप्लोरेसन’ सँगको सहकार्यमा नेपालबाट तीनजनालाई अन्तरिक्ष यात्राको तालिममा सहभागी गराउने जनाएको छ ।

उक्त सहभागिताको लागि नेपाली नागरिकको लागि ‘प्रोजेक्ट टेरानट’ को नि:शुल्क पूर्व आवेदन साउन १६ गतेसम्म खुलाइएको छ । सबैभन्दा पहिले नेपालको लागि आवेदनको खुलाइएको हो ।

नासोको अध्यक्ष सुरेश भट्टराईको अनुसार १८ देखि ६५ वर्षसम्मका नेपाली नागरिकले कार्यक्रमको अधिकारिक वेभसाइट terraztra.space मा गएर आफ्नो आवेदन दर्ता गर्न सक्नेछन् । प्रतियोगिताको आवेदन मोबाइल एपबाट असोज १८ गते खुला गरिनेछ । यस अन्तर्गत पूर्व आवेदन दिएका नेपाली नागरिकले एपमा उपलब्ध गराइने विभिन्न प्रतियोगितामा भाग लिनुपर्छ ।

मुलुकबाट सहभागी उत्कृष्ट ३ जनालाई रसियामा हुने अगामी फिफा वल्र्ड कप २०१८ को सेरोफेरोमा अन्तरिक्षयात्री तालिममा सहभागी हुने मौका प्रदान गरिने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘प्रोजेक्ट टेरानट’ एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता हो जसमा विश्वका सबै राष्ट्रका १८ देखि ६५ वर्ष सम्मका नागरिकले आवेदन दिन सक्छन् । प्रतियोगितामा सहभागी मध्ये १४ जनालाई आगामी वर्ष रसियामा हुने फिफा वल्र्ड कपकोको समयमा अंतरिक्ष सम्बन्धि तालिममा भाग लिने मौका दिनुको साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एकजनालाई अन्तरिक्षमा जाने मौका समेत दिइने छ ।

‘उक्त १४ जनामा नेपालीले सबै भन्दा उत्कृष्ट प्रदर्शन गरे अन्तरिक्ष यात्रामा सहभागी हुन सक्छन्,’ भट्टराइले भने, ‘यो नेपालीको लागि अन्तरिक्षमा जाने एउटा सुनौला मौका हो ।’

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com