काठमाडौँका ६०० स्थानमा जेब्रा क्रसिङ राखिने


प्रकाशित मिति : असार २०, २०७४ मंगलबार

काठमाडौँ महानगरपालिका, समन्वय तथा अनुगमन समितिको बैठकले आगामी १५ दिनभित्र राजधानीवासीलाई महसुस हुने गरी दिगो प्रभाव पर्ने कामको थालनी गर्ने बताएको छ ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यले नागरिकले तत्काल महसुस गर्ने र दिगो प्रभाव पर्ने कामको थालनी गर्न आवश्यक रहेको बताउनुभयो । आइतबार बसेको बैठकमा कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा काठमाडौँका करिब ६०० स्थानमा जेब्रा क्रसिङ राख्ने स्थान पहिचान गरिएको छ । पार्किङ व्यवस्थापन गर्न निर्मित समितिले पार्किङको सम्भावनाका विषयमा प्रतिवेदन बुझाइसकेको छ । प्रदूषण जाँच गर्न उपकरण थप गर्ने तयारी भएको छ ।

बैठकमा सडक मर्मत तथा धुलोरहित बनाउने, यातायात क्षेत्रका नियमन तथा व्यवस्थापन गर्न ओभर हेड, फ्लाई ओभर ब्रिज तथा अन्डर पासिङ बनाउने, पार्किङ व्यवस्थापन, ट्राफिक लाइटलगायत विषयमा छलफल गरिएको थियो ।

काठमाडौं उपत्यका खानेपानी लि, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेशप्रसाद खत्रीले यही असार मसान्तभित्र चाबहिलदेखि चुच्चेपाटीसम्मको धुलो र ढलका समस्या समाधान गरिसकिने बताउनुभयो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले सडक सङ्केत र सवारी अडिने ठाउँको वैज्ञानिक व्यवस्थापन गर्न आग्रह गर्नुभयो । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com