धनगढी उपमहानपालिकाको मतगणना सुरु, के भयो सहमति ?


प्रकाशित मिति : असार १९, २०७४ सोमबार

कैलालीको धनगढी उपमहानगरपालिकामा अहिलेबाट शान्तिपूर्णरुपमा मतगणना कार्य सुरु भएको छ । आइतबार बिहान ७ बजेबाट स्थगित भएको मतगणना आज दिउसो २ बजेबाट सुरु हुने भनिए केही ढिला गरी मतगणना सुरु भएको थियो । पटकपटक विवादका कारण रोकिदै आएको मतगणना कार्य अहिले ४ बजेबाट शान्तिपूर्ण तरिकाले गणना जारी रहेको क्षेत्रिय निर्वाचन कार्यालय कैलालीका प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिए ।

यसकारण मतगणना रोकिएको थियो

आइतबार बिहान धनगढी उपमहानगरपालिकाको १७ नम्बर वडाको मतगणना सुरु गर्ने क्रममा एउटा बुथमा मुचुल्का भन्दा तीन वटा मतपत्र बढी भेटिएपछि विवाद सुरु भएको थियो । बढी मतपत्र भेटिएपछि मतगणनामा बसेका एजेन्टहरुले मतदान केन्द्रमा सिलबन्दी गरिएको मुचुल्का नै नभेटिएपछि विवादले उग्र रुप लिएको थियो । धनगढी उपमहानगरको वडा नम्बर १, २, १९ र १८ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको पनि थियाे । अहिलेसम्म कांग्रेसका उम्मेदवार अग्रस्थानमा रहँदा स्वतन्त्र उम्मेदवार दोस्रो, एमाले र माओवादीका उम्मेदवार तेस्रो र चौथो स्थानमा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के सहमति भयो ?

क्षेत्रिय निर्वाचन कार्यालयबाट मतदान अधिकृतहरुलाई उपलब्ध गराइएका सिलका नम्बरहरु तथा मतदान केन्द्रमा मतपेटिकामा सिल लगाउँदा उम्मेदवार र उम्मेदवारका मतदान प्रतिनिधिहरुलाई उपलब्ध गराइएका सिल नम्बरहरु मिलाउने र मिलेमा मात्र उम्मेदवार वा पार्टीका प्रतिनिधिको सामुन्नेमा मतपेटीका खोली मतगणना गर्ने, गनिसकेका मतपत्रहरुको पछाडी पट्टी मतपत्र नबिग्रने गरी गणना भइसकेको संकेत गर्ने, गणना भइसकेका मतहरुको एक-एक सयको बण्डल बनाई मतपेटिकाहरु सिलबन्दी गरेर राख्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत धनसिह महराले जानकारी दिए ।
त्यस्तै, प्रत्येक दुई सय मत गणना गर्दा सर्वसाधारणलाई जानकारी गराउने, मतदान स्थलमा कुनै पनि मादक पदार्थ सेवन गरेको व्यक्ति प्रवेश गर्न नपाउने, कुनै पनि पार्टीका उम्मेदवार मतगणना स्थलमा प्रवेश गर्न पाउने तथा सम्मननित व्यवहार हुनुपर्ने बारे निर्णय भएको पनि उनले जानकारी दिए ।

बैठकमा मुख्य निर्वाचन अधिकृत धनसिह महरा, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, केन्द्रिय अनुगमन संयोजक गजेन्द्र ठाकुर, क्षेत्रिय निर्वाचन अधिकृत मोहनप्रसाद अर्याल, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न पार्टीका उम्मेदवारहरुको सहभागिता रहेको कांग्रेसका धनगढी उपमहानगरपालीकाका मेयरका उमेदवार नृप वडले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com