भूकम्पपीडितलाई १४७ घर हस्तान्तरण


प्रकाशित मिति : असार १९, २०७४ सोमबार

काभ्रे, १९ असार । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा रहेको रयालेको फलामेमा ‘अर्थब्याग’ नामक संस्थाले बनाइदिएको १४७ घर भूकम्पपीडितलाई हस्तान्तरण गरिएको छ ।

तामाङ समुदायलाई लक्ष्य गरी संस्थाले बनाइदिएका घर आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख डा गोविन्दराज पोख्रेलले प्राधिकरणले यस वर्ष नेपालभर करिब डेढ लाख घर बनाइसक्ने उद्देश्य राखेको बताउनुभयो । “सरकारको ढुकुटीमा पैसाको कमी छैन तर पनि जनता आफैँ घर बनाउन लाग्नुपर्छ,” उहाँले भन्नुभयो – “जनताले आफ्नै परिश्रम प्रयोग गरे रु तीन लाखले घर बन्छ ।”

उहाँले पुनःनिर्माण प्राधिकरणको संलग्नतामा भूकम्पपीडितलाई लक्ष्य गरी तालिम सञ्चालन गरिएको पनि बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा अर्थब्याग संस्थाकी नेपाली प्रतिनिधि मेलो डिजीले आफ्ना कर्मचारीको अथक प्रयासबाट पुनःनिर्माण सम्भव भएको जानकारी दिनुभयो ।
कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेले भूकम्पपीडित नभएकाले पनि राहत रकम लिएकाले तिनलाई कारबाही गर्न र पनौती नगरभित्र रहेका वास्तविक भूकम्पपीडितले रकम नपाएकाले पुनः अनुगमन गर्नसमेत आग्रह गर्नुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com