गुल्मी कांग्रेस सभापतिद्वारा पदबाट राजिनामा


प्रकाशित मिति : असार १८, २०७४ आईतबार

असार १८, २०७४- स्थानीय तह निर्वाचनमा आफु पनि पराजित भएको र सिंगो जिल्लामा पार्टीलाई राम्रो नतिजा दिलाउन नसकेको भन्दै कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।

आफ्नो र जिल्लाभर पार्टीलाई जुन रुपमा जिताउनु पर्ने थियो त्यो अनुसार अगाडी बढाउन नसकेको जिम्मेवारी महशुस गर्दै राजिनामा दिने निर्णयमा पुगेको उनले बताए । ‘आफै उठ्ने निर्णय गरेर पराजित हुनु र पार्टीलाई पनि जित दिलाउन नसकेपछि पदमा बस्न उपयुक्त ठानिन्’ उनले भने, ‘जिल्ला समितिमार्फत स्वीकृतिका लागि केन्द्रमा पठाउने गरी राजिनामा दिएको छु ।’ उनले मतदाता र कार्यकर्तालाई सम्बोधन गर्दै आईतवार सामाजिक संजालमा पोष्ट गर्दै प्रतिस्पर्धा, जय, पराजय प्रजातन्त्रका सुन्दर आभुषण भएको उल्लेख गर्दै यो पटक आफ्नो पक्षमा पराजय परेको उल्लेख गरेका छन् ।

चुनावमा आफ्नै पार्टीका कार्यकर्ताबाट भएको असहयोगलाई ‘गम्भिर’ भन्दै त्यसबाट सिंगा पार्टी नै पराजित भएकोमा चिन्ता व्यक्त गरेका छन् । ‘यो पराजयले पार्टीलाई बर्षौं पछाडी धकेलिन्छ कि भन्ने भयले म ग्रसित छु’, उनले लेखेका छन्, ‘अन्यसंग लड्दै आएको म आज आफ्नैसंग हरे, तर हिम्मत हारेको छैन् ।’ उनले सहयोग गर्ने मतदाता, कार्यकर्ता र सबैलाई धन्यवाद पनि दिएका छन् ।

२०४९ सालमा तत्कालिन गाविस अध्यक्षमा कांग्रेसबाटै चुनाव जितेका उनी २०५४ मा पनि बिजयी भएका थिए । रेसुंगा नगरपालिका बनेपछि उनले पार्टी सभापति भएपनि नगरको चुनाव लड्ने र समृद्ध र सुन्दर नगरपालिका बनाउने सपनाले चुनाव लडेको बताए । ‘तर त्यसमा तुषारापात भएको छ’ उनले भने, ‘मैले निर्वाचित भएपछि केही नगरेको पनि हैन, थप केही गर्न खोज्दाको भयले अत्तालिएर हराईएको हो ।’ २० वर्षपछि भएको स्थानीय तह निर्वाचनबाट रेसुंगा नगरपालिकामा एमालेका डिल्लीराज भुसाल श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लामो समय देखि कांग्रेसले जित्दै आएको स्थानमा एमाले बिजयी भएपछि कांग्रेस कार्यकर्ता निरास छन् । संगठन कमजोर नभै पार्टी भित्रकै अन्तर्घातका कारण पराजित हुनु परेको भन्दै संगठन सुदृढीकरण अभियान चलाएर त्यस्ता कार्यकर्तालाई कारवाही गर्न माग बढेको छ ।

जिल्लाका १० गाउँ र २ नगरपालिका मध्ये गुल्मी दरबार र चन्द्रकोट कांग्रेस एक्लैले, सत्यवती र कालीगण्डकी गाउँपालिकामा माओवादीसंगको तालमेलबाट कांग्रेसले प्रमुख पद जितेको छ । त्यस्तै धुर्कोट गाउँपालिका माओवादीसंगको तालमेलबाट अध्यक्षमा  माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस बिजयी भएको छ । एमालेले २ नगरपालिका सहित ३ गाउँपालिका जितेको छ । मत गणना भैरहेका २ गाउँपालिकामा पनि एमाले नै अगाडी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com