पत्रकार जितेन्द्र जिसी ट्रकको ठक्करबाट घाइते भएका छन् । आजविहान घरबाट कार्यालयतर्फ जाँदै गर्दा कलंकी नजिक ट्रकले ठक्करदिंदा पत्रकार जिसी घाइते भएका हुन् । बाइकको पछाडि बसेर कार्यालय जाँदै गरेका जिसीलाई ट्रकले ठक्कर दिएको हो । ठक्करबाट घाँटीको एउटा हाड भाँच्चिएको छ भने टाउकोमा चोट लागेको छ । खसोखास साप्ताहिक पत्रकार जिसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।