राष्ट्रपति ट्रम्पले चीन र जापानसँग फोनवार्ता गर्ने


प्रकाशित मिति : असार १८, २०७४ आईतबार

वासिङटन, १८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार चीन र जापानका नेताहरुसँग फोनवार्ता गर्नुहुने भएको छ ।

उहाँले आइतबार गर्न लाग्नुभएको फोनवार्ताको विषय हालैका दिनमा उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणका साथै सो परीक्षणका कारण कोरियाली प्रायद्वीपमा जारी अशान्ति रहने छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सो विषयमा आज जानकारी दिएको छ । उहाँले चीनसँग विशेषगरी उत्तर कोरियाका विषयमा नै फोनमा कुराकानी गर्नुहुने बताइएको छ ।

उत्तर कोरियाको एक अन्तर्राष्ट्रिय सहयोगीका रुपमा चीन रहेकोले उसका कारण सो वार्ताबाट कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताका लागि सहयोग पुग्न सक्ने अनुमान गरिएको अमेरिकी भनाई रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सि चिनफिङ र जापानी प्रधानमन्त्री सिन्जो आबेसँग फोनवार्ता गर्नुहुने बताइएको छ ।

अमेरिकी समयअनुसार आइतबार साँझ ८ बजे उहाँले जापनी प्रधानमन्त्री आबे र ८ः४५ मा चिनियाँ राष्ट्रपति चिनफिङसँग वार्ता गर्नुहुने ह्वाइटहाउसद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

उता दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफ्नो अमेरिका भ्रमणका समयमा आफूले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निशस्त्रीकरणका विषयमा वार्ता गरेको बतानुभएको थियो ।

उहाँले यसै हप्ता कोरियाको भ्रमण गर्नुभएको छ । कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आपसी परामर्श एवम् वार्ता गरेको र वार्ताले आपसी हित र द्विपक्षीय सम्बन्ध सुदृढिकरणमा सहयोग पु¥याएको उहाँको धारणा थियो ।

उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिणको आग्रहका विरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरु उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको प्रतिक्रिया दक्षिण कोरियाको छ ।

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले केही दिनअघि दिनुभएको सार्वजनिक अभिव्यक्तिमा उत्तर कोरियाको कदम कोरियाली प्रायद्वीपका लागि मात्र नभएर विश्वकै लागि पनि शान्ति भंग गर्ने खतरा हो भन्नुभएको थियो ।

आफू राष्ट्रपतिमा निर्वाचित भए लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले पनि उत्तर कोरियाको हतियार कार्यक्रम आफ्नो विदेश नीतिको प्राथमिकतामा रहने धारणा राख्नुभएको थियो ।

सोही बमोजिम नै पछिल्ला महिनाहरुमा उहाँले अमेरिकी सरकारको विदेश नीति विशेषगरी उत्तर कोरियाको लागि कस्तो हुने भन्ने बारेमा पनि समय समयमा छलफल एवम् परामर्श गरिरहनुभएको छ ।

केही दिनमात्र अघि पनि उत्तर कोरियाले अमेरिकाका विरुद्धमा राजधानी प्योङयाङ्मा जुलुस प्रदर्शन गरी अमेरिकाको कडा आलोचना गरेपछि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको बारेमा निकै चासो लिनुभएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

विश्व समुदाय र संयुक्त राष्ट्रसंघले समेत हतियारको होडबाजीका रुपमा आणविक परीक्षणजस्ता क्रियाकलापहरु गरेर परिस्थितिलाई उत्तेजक बनाउने काम नगर्न गरिएका बारम्बारका अनुरोधहरुका बाबजुद पनि उत्तर कोरियाले भने आणविक परीक्षणलाई निरन्तरता दिँदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com