बस दुर्घटनामा ३० जना घाइते


प्रकाशित मिति : असार १८, २०७४ आईतबार

चौतारा (सिन्धुपाल्चोक), १८ असार । ठूलो सिरुवारीबाट काठमाडौँतर्फ गइरहेको बा२ख २७०२ नं को बस चौतारा–बन्देउ सडक खण्डअन्तर्गत पोखरेवेसीमा आज दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्याम अधिकारीका अनुसार विपरीत दिशााबाट आउँदै गरेको बा६४प ३०२६ नं को मोटरसाइकललाई जोगाउन खोज्दा बस भिरमा खस्न पुगेको थियो ।

घाइते सबैको काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com