सप्तरीमा बाढीको बितण्डा [फोटो फिचरसहित]


प्रकाशित मिति : असार १७, २०७४ शनिबार

असार १७, २०७४- शुक्रवार रातिदेखिको शनिवार बिहान सम्म भएको निरन्तरको वर्षाका कारण सप्तरी जिल्लाको बिभिन्न गाउँपालिकाका एकहजार भन्दा बढी घर डुवानमा परेको छ ।

बाढीमा परि सशस्त्र प्रहरीका एकजना हब्लदार बेपता भएका छन् भने एकजनाको शव वेवारिसे अबस्थामा बस्ती नजिकै फेला परेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार खाडो खोलाको बाढीका कारण सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय अन्तरगत नेपाल भारत सिमा क्षेत्र तिलाठी बेल्हीमा कार्यरत एकजना सशस्त्र प्रहरी हबलदार बगेर बेपता भएका छन् ।

उनको खोजी भईरहेको प्रजिअ कटुवालले जानकारी दिए । यस्तै बाढीमा बगेर आएको एउटा बेवारिसे शव लौनिया बस्ती नजिक आडो खोलामा फेला परेको छ । शरिरको माथिल्लो भाग पुर्ण रुपले कुहिएको अबस्थामा बाढीले बगाएर ल्याउदा बस्ती नजिकै नदीमा लगाईएको प्रोकोपाइनमा अडकिएको उक्त शवको दुर्गन्धका कारण स्थानिय बासिन्दा सबस्यामा परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अनुराग द्विवेदीका अनुसार महुली खोलाको बाढीका कारण सप्तरीको त्रिकौलमा १ सय ५० घर,तिरहुत गाउपालिका ५ भेडियाका ७० घर,रुपनी गाउपालिका ६ वीरेन्द्रवजारमा दुधैला खोलाको बाढीले ६ घर बगाएको छ भने सो स्थानमा स्थानिय सेतीलाल माझीको एउटा बाछो समेत बाढीले बगाएको छ ।

रुपनी गाउपालिका अन्तरगत बसबिटीको ४ किलो भन्ने स्थानमा खाडो खोलाको बाढी पस्दा ५ घरमा पानी पसेको छभने गजेन्द्रनारायण सिंह औधोगिक क्षे जलमग्न भएको प्रहरी उपरिक्षक द्विवेदीले बताए । यसैगरि रुपनी गाउपालिका अन्तरगत पौवामा स्थानिय मनोज यादबको कुखुरा फर्ममा खाडो खोलाको पानी पस्दा ५ सय कुखुरा बगाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सप्तरीको तिलाठीमा ३ सय घर जलमग्न भएको तिलाठी कोईलाडी गाबिस वडा नम्बर ८ का वडासचिव मिथलेश झाले बताए । यस्तै तिलाठी कोईलाडी गाउपालिकाकै बेल्हीका १ सय ५० घर र सकरपुराका ५० घरमा पानी पसेको एसपी द्धिबेदीले जानकारी दिए । जिल्लाको कञ्चनरुप नगरपालिका १ रघुनाथपुरका अबधी यादब,देबु यादब र राजकुमार यादबका गरि ४ वटा घर बाढीले बगाएको प्रहरीले जनाएको छ । नेपाल भारत सिमा क्षेत्र अन्तरगत तिलाठी स्थित बेल्ही भन्सार कार्यालय,सशस्त्र प्रहरी र नेपाल प्रहरीको पोष्ट डुवानमा परेको छ ।

एकाबिहानैदेखी घरमा २–३ फिट सम्म पानी पस्दा खाना बनाउन नसकिएकोले बाढीपीीडतहरु भोकभोकै बस्न बाध्य भएको तिलाठीका त्रिलोकनाथ मिश्रले बताए । यस्तै जिल्लाको मधवापुर , मयनाकरेडी र मलेठ लगायतका स्थानमा पनि कयौ घरमा पानी पसेको छ । बाढी पसेका घरहरुमा खाधान्न समेत बगाएको छ । घरमा पानी पस्दा केही परिवार अग्लो स्थानमा शरण लिन बाध्य भएका छन् भने केही परिवारका सदस्यहरु घरकै खाटमा बसेर बाढी कम हुने प्रतिक्षामा छन् ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार बाढीवाट घरमा पानी पसेकाहरुलाई स्थानियस्तरवाट तात्कालिक राहतको बयबस्था मिलाईएको बताए । उनले जिल्लको मयनाकरेडी त्रिकौलका ३ सय परिवार र मलेठमा २ सय ५० परिवारलाई जिल्ला सबन्मय समितीका तर्फवाट तात्कालिक खानाका लागि भुजा चुरा बितरण गरिएको बताए । यस्तै खाडो खोला अन्तरगत लौनिया,तोपा लगायतका बिभिन्न स्थानमा कटान लागेकाले नियन्त्रणका लागि समबन्धित निकायलाई निर्देसन दिईएको प्रजिअ कटुवालले जनाए ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com