एसपीपीमा सहभागी नहुने विषयमा नेपालले अमेरिकालाई पत्राचार गरिसक्यो : परराष्ट्रमन्त्री खड्का


प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार

परराष्ट्रमन्त्री डा नारायण खड्काले अमेरिकी सरकारबाट प्रस्तावित ‘स्टेट पार्टनसीप प्रोग्राम’मा सहभागी नहुने नेपाल सरकार निर्णय अमेरिकालाई पत्राचार भइसकेको जानकारी दिनुभएको छ

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले एसपिपी अगाडि नबढाउने र सो जानकारी अमेरिकी सरकारलाई गराउने मन्त्रिपरिषद्को निर्णयलाई परराष्ट्र मन्त्रालयले कार्यान्वयन गरिसकेको छ भन्नुभयो ।

“नेपालले एसपिपीलाई अगाडि नबढाउने निर्णय गरेको लिखित दस्तावेज कूटनीतिक माध्यमबाट यही साउन ९ गते अमेरिकी सरकारसमक्ष पठाइएको छ”, उहाँले भन्नुभयो । सो सम्बन्धमा आन्तरिक परामर्श आवश्यक भएकाले पत्राचारका लागि केही समय लागेको उहाँले प्रष्ट्याउनुभयो । सरकारले गत असार ६ गते एसपिपीमा सहभागी नहुने र सोको जानकारी अमेरिकी सरकारलाई पठाउने निर्णय गरेको थियो ।

“मित्रराष्ट्रसँग आगामी दिनमा पनि सहकार्यका लागि विभिन्न निकायका बीचमा गृहकार्य, आन्तरिक संवाद, छलफल आवश्यक भएकाले पत्राचारका लागि केही समय लागेको हो”, मन्त्री खड्काले भन्नुभयो । एसपिपीका सम्बन्धमा नेपाल सरकारले गरेको निर्णयबारे अमेरिकासँग कूटनीतिक माध्यमबाट जानकारी गराइसकिएको उहाँले सदनलाई जानकारी गराउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“यस सम्बन्धमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट नै छ, नेपाल सरकार सार्वभौमसत्ता सम्पन्न राष्ट्रको कार्यपालिकाको सर्वोच्च निकायले गरेको निर्णयप्रति संशय व्यक्त गर्नु अस्वभाविक हुन्छ”, उहाँले भन्नुभयो । एसपिपीका सम्बन्धमा अमेरिकालाई पत्राचार गर्न ढिलाइ भएको विषयमा आवाज उठाउने सांसदप्रति उहाँले आभार प्रकट गर्नुभयो ।

स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिप्रति सरकार प्रतिबद्ध

वर्तमान गठबन्धन सरकारले संवैधानिक व्यवस्था, संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता र पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुनअनुसार विशेष आन्तरिक नीति सञ्चालन गर्दै आएको र त्यसका लागि सरकार सक्षम रहेको मन्त्री खड्काले बताउनुभयो । “स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति, राष्ट्रिय स्वार्थ र हित संरक्षण तथा प्रवद्र्धन गर्न गठबन्धन सरकार पूर्ण जानकार छ”, उहाँले भन्नुभयो ।

उहाँले राष्ट्रको हितलाई ध्यानमा राखेर सरकारले आफ्ना कदम अगाडि बढाएको बताउनुभयो । भविश्यमा पनि यही स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई अगाडि बढाउन सकारका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । “नेपाल सरकारले वैदेशिक सहायता प्राप्त गर्दा वा कुनै विषयमा सहकार्य गर्दा मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राख्ने गरेको छ”, मन्त्री खड्काले भन्नुभयो, “नेपालले असंलग्न परराष्ट्र नीति अङ्गीकार गर्दै आएको छ । उक्त नीतिप्रति प्रतिबद्ध रहेको मुलुकले कुनै पनि सैन्य गठबन्धनमा आबद्ध हुने प्रश्न पनि उठ्दैन ।”

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारबाट राष्ट्र हितविपरीत कुनै सन्धि, सम्झौता वा गतिविधि हुन नदिने प्रतिबद्धता स्वयं संसद्मा व्यक्त गर्नुभएको स्मरण गराउँदै उहाँले राष्ट्रको सर्वोपरी हितलाई केन्द्रमा राखी स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्न सरकार सक्षम रहेको बताउनुभयो । “यस कुराबाट सरकार किञ्चित् बिचलित नहुने व्यहोरा दोहो¥याउन चाहन्छु”, उहाँले भन्नुभयो ।

सरकारले गत असार ६ गते एसपिपीलाई अघि नबढाउने र सोको जानकारी अमेरिकालाई दिने निर्णय गरेको थियो । एसपिपीका सम्बन्धमा सरकारको निर्णयका सम्बन्धमा परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्राचार नगरेको भन्दै सांसदले प्रश्न उठाउनुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले एसपिपीका बारेमा सदनमा जानकारी गराउन सरकारलाई ‘रुलिङ’ गर्नुभएको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com