होल्डिङ सेन्टर रित्तै, छाप्रोमा हेल्थ डेस्क


प्रकाशित मिति : श्रावण ७, २०७९ शनिबार

सरकारले भारतसँग जोडिएका नाकामा कोभिड –१९ का लागि होल्डिङ सेन्टर निर्माण गरे पनि सञ्चालनमा आउन सकेको छैन । भारतबाट नेपाल भित्रिएका नेपालीहरूलाई प्रवेशविन्दुमै होल्डिङ सेन्टरमा राखेर पिसीआर र एन्टिजेट परीक्षणको लागि तथा सङ्क्रमितहरू सुरक्षित राख्नका लागि एक हजार अट्ने होल्डिङ सेन्टर निर्माण भएका छन् ।

विसं २०७८ वैशाख ५ गतेको मन्त्रिपरिषद्को बैठकले आठवटा नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो । झापाको काकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गैरीफन्टा र कञ्चनपुरको गड्डाचौकीमा निर्माण भएका छन् । कृष्णनगरमा होल्डिङ सेन्टर बनाउने जिम्मा पाएको नेपाली सेनाले रु २७ करोड ६७ लाखको लागतमा होल्डिङ सेन्टर निर्माण गरेको हो ।

निर्माण पूरा भए पनि कसले सञ्चालन गर्ने भन्ने स्पष्ट नहुँदा सञ्चालनमा आउन सकेको छैन । निर्माणको काम सम्पन्न भएको छ महिना बिते पनि सञ्चालन नहुँदा सीमानाका नजिकै एक छाप्रोमा स्वास्थ्य जाँच भइरहेको छ । कृष्णनगरमा छाप्रो नजिकै ६०० शय्याको होल्डिङ सेन्टर छ भने सीमादेखि एक किलोमिटरको दूरीमा शिवानगरमा ४०० शय्याको होल्डिङ सेन्टर छ । होल्डिङ सेन्टर सञ्चालनका लागि केन्द्रले परिपत्र नगरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो । “सिसीएमसीसीको निर्णयानुसार सञ्चालन हुनेछ, अहिलेसम्म कुनै जानकारी छैन”, उहाँले भन्नुभयो, “स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना छ, हस्तान्तरणको काम पनि भएको छैन ।”

पछिल्लो समय कोरोना सङ्क्रमण वढिरहेकाले होल्डिङ सेन्टर सञ्चालनका लागि केन्द्र तथा प्रदेशले स्थानीय तहलाई स्रोत, साधन उपलब्ध गराउनुपर्ने कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताउनुभयो । “होल्डिङ सेन्टर अतिआवश्यक छ, तर सञ्चालन गर्न स्थानीय तहलाई समस्या छ, केन्द्र र प्रदेशले यस विषयमा गम्भीर हुन आवश्यक छ”, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कृष्णनगरले एक छाप्रो निर्माण गरी भारतबाट नेपाल आउनेहरूको स्वास्थ्य जाँच गरिरहेको छ । कोरोनाको पोजेटिभ रिपोर्ट आउनेलाई पनि सिधैँ घर पठाउन स्वास्थ्यकर्मी बाध्य छन् । केही समय कोरोना महामारी कम भए पनि पुनः सङ्क्रमित बढ्न थालेपछि सीमानाकामा कडाइका साथ जाँच सुरु गरिएको छ । अहिले दैनिक ५० देखि १०० नेपालीहरूको जाँच हुने गरेको स्वास्थ्यकर्मी पङ्कज गुप्ताको भनाइ छ ।

“टेन्टले बेरिएको छाप्रोमा बसेर जाँच गरेका छौँ, सुरक्षाका दृष्टिकोणले अति संवेदनशील छ”, उहाँले भन्नुभयो, “भारतबाट आउनेको भीडभाड र जाँचका लागि क्षेत्र काम हुँदा असहज छ ।” पछिल्लो केही दिनदेखि दैनिक सङ्क्रमित देखिन थालेको उहाँले बताउनुभयो । “नजिकै रहेको होल्डिङ सेन्टर खाली छ, हामी यहाँ असहज हुँदाहुँदै पनि काम गरिरहेका छौँ”, स्वास्थ्यकर्मी गुप्ताले भन्नुभयो, “होल्डिङ सेन्टर सञ्चालन भएर सङ्क्रमितलाई पनि सुरक्षित साथ राख्न सकिन्थ्यो ।” भारतबाट नेपाल आउनेमध्ये गत जेठमा ११, असारमा ४७ र साउनको पाँच दिनमै २० सङ्क्रमित फेला परेका छन् । यसरी हेर्दा साउनमा सङ्क्रमितको सङ्ख्या उच्च हुने अनुमान छ ।

५८ जनालाई निःशुल्क चश्मा वितरण

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ५८ कर्मचारी तथा जनप्रतिनिधिलाई निःशुल्क चश्मा वितरण गरिएको छ । हेल्पिङ ह्याण्डस हेल्थ एण्ड एजुकेशन इन्टरनेशनलको आर्थिक सहयोगमा नजिकको दूरीको लागि उपयोगी हुने चश्मा वितरण गरिएको हो । नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा ४० वर्षमाथिका जनप्रतिनिधि र नगरपालिकामा कार्यरत कर्मचारीलाई चश्मा वितरण गरिएको अस्पतालका निर्देशक डा सुलक्ष्मी कटुवालले जानकारी दिनुभयो
प्रशासकीय अधिकृत जसराज विश्वकर्माले आगामी दिनमा चश्मा वितरण जारी रहने जानकारी दिनुभयो । बुद्धभूमि नगर प्रमुख केशवकुमार श्रेष्ठले आँखा अस्पताल, बहादुरगञ्जले आँखा स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउनुभयो ।

अस्पताल र नगरपालिकाबीच सम्झौता गरेर यसअघि सञ्चालन हुँदै आइरहेको साप्ताहिक आँखा उपचार क्लिनिकलाई पनि निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो । अन्धोपन न्यूनीकरणका लागि आँखा अस्पताल र बुद्धभूमि नगर पालिकाबीचको समन्वय र सहकार्य विगतका वर्षदेखि नै हुँदै आएको र साप्ताहिक आँखा उपचार क्लिनिकका माध्यमबाट नगरवासीले आफ्नो घरदैलोमै आँखा स्वास्थ्य सेवा पाइरहेको अस्पतालका निर्देशक डा कटुवालले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com