डडेल्धुरा, १५ असार । डडेल्धुराको अमरगढी नगरपालिका वडा नं १ र गन्यापधुरा गाउँपालिकाको वडा नं १ मा नेपाली काँग्रेसका वडाध्यक्ष प्यानलसहित विजयी भएका छन् ।
अमरगढी नगरपालिका वडा नं १ बाट काँग्रेसका लोकबहादुर ऐर प्यानलसहित विजयी भएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।
यसैगरी डडेल्धुराकै गन्यापधुरा गाउँपालिका वडा नं १ मा काँग्रेसकै चेतराज भट्ट प्यानलसहित विजयी भएका छन् । डडेल्धुरामा रहेका सातवटै स्थानीय तहमा मतगणना भइरहेको छ । हालसम्म चार स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ भने दुई तहमा एमाले र एकमा माओवादी केन्द्रले अग्रता लिएको छ । रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।