एसइईमा सफल विद्यार्थीलाई राससमा सम्मान


प्रकाशित मिति : असार १५, २०७४ बिहीबार

काठमाडौँ, १५ असार । नेपाल पत्रकार महासङ्घ, राष्ट्रिय समाचार समिति (रासस) शाखाले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) मा सफल भएका राससमा कार्यरत कर्मचारीका छोराछोरीलाई आज सम्मान गरेको छ ।

सो परीक्षामा सफल कर्मचारीका सातजना छोराछोरीलाई महाप्रबन्धक ओपेन्द्र शर्मा, प्रशासन प्रमुख सोमनाथ लामिछाने, अङ्ग्रेजी शाखा प्रमुख दीपराज सन्याल, शाखाका अध्यक्ष नारायण घिमिरेलगायतले सम्मान गर्नुभयो ।

सम्मानित हुनेमा कर्मचारी मैना थापाका छोरा वसन्त थापा, खिलप्रसाद दाहालका छोरा सागर दाहाल, राजिनन् साहका छोरा भूपेन्द्रकुमार साह, शम्भु यादवका छोरा देवेश यादव छन् ।

त्यसैगरी सिद्वराज भट्टका छोरा सिद्वान्त भट्ट, मोहमद सदरुलका छोरी नुरसा जहाँ र सूर्यप्रसाद बरालका छोरा राज बराल सम्मानित हुनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महाप्रबन्धक शर्माले राससलाई व्यवस्थित गर्न प्रत्येक कर्मचारीले संस्थालाई माया गर्दै प्रतिबद्व भएर काममा लाग्नुपर्नेमा जोड दिँदै विद्यार्थीले जुनसुकै विषयमा अध्ययन गरे तापनि त्यस विषयमा विज्ञता हासिल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
शाखाका अध्यक्ष घिमिरेले एसइईमा सफल हुने कर्मचारीका छोराछोरीलाई आगामी वर्षदेखि रु पाँच हजार पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो ।

भण्डारीको विदाई
यसैबीच, रासस पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराबाट अवकाशप्राप्त कर्मचारी डिल्लीराम भण्डारीलाई आज केन्द्रीय कार्यालयमा बिदाइ गरियो । उहाँले राससमा ३८ वर्ष पाँच महिना १५ काम गर्नुभएको थियो ।

पोखरा लेखनाथ उपमहानगरपालिका– १७ महतगौडा कास्कीमा जन्मनुभएका भण्डारीले २०५३ साल माघ १ गतेबाट सेवा सुरु गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं मध्यमाञ्चल संयोजक शीतलप्रसाद महतो, प्रशासन प्रमुख सोमनाथ लामिछाने, वरिष्ट कार्यकारी सम्पादक श्याम रिमाल, प्रमुख समाचारदाता प्रमुख सूर्यचन्द्र बस्नेत, अङ्ग्रेजी शाखा प्रमुख सन्याल, अन्तर्राष्ट्रिय सम्पादन शाखा प्रमुख एकराज पाठक, रासस कर्मचारी सङ्घका अध्यक्ष मनोज लामिछाने, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस केन्द्रीय समितिका अध्यक्ष प्रेमप्रसाद उपाध्याय, रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्कालगायतले विद्यार्थीलाई सफलताको शुभकामना दिँदै अवकास प्राप्त भण्डारीलाई सु–स्वाथ्य र सफल जिन्दगीको शुभकामना प्रदान गर्नुभयो । रासस

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com