कैलाली, कन्चनपुर र डडेल्धुरामा मतगणना सुरु


प्रकाशित मिति : असार १५, २०७४ बिहीबार

धनगढी, १५ असार । कैलाली जिल्लाका दुई स्थानीय तहबाहेक सबै स्थानीय तहको निर्वाचनको मतगणना सुरु गरिएको छ ।

जिल्लाको पहाडी क्षेत्रको चुरे गाउँपालिका र मोहन्याल गाउँपालिका बाहेक छ तहमा गए रातिदेखि र पाँच तहमा आज बिहानदेखि मतगणना सुरु भएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले बताउनुभयो ।

भौगोलिक विकटताका कारण मतपेटिका मतगणनास्थलसम्म पुर्याउन समय लाग्ने भएकोले चुरे गापा र मोहन्याल गापाको मतगणना आज रातिदेखि मात्रै सुरु हुनसक्ने अर्यालले बताउनुभयो ।

जिल्लामा १३ स्थानीय तह रहेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार टीकापुर नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरम का लौटन चौधरीले १८०, नेकाका जङ्गबहादुर साउदले १०८ र नेकपा (एमाले)का तपेन्द्र रावलले १०१, नेकपा (माओवादी केन्द्र)का ललित थापाले ६६ मत पाउनुभएको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी, उपप्रमुखमा लोकतान्त्रिक फोरमकी सुदेश्नी चौधरी १७४, नेकाका केशरी रावलले १०६, एमालेकी कमला केसी ८९ र माओवादी केन्द्रकी आशा चौधरीले ७१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रेग्मीले जानकारी गराउनुभयो । वडा नं ३, ५ र ६ को मतगणना भइरहेकोमा अहिलेसम्म ५०० मत गणना भएको छ ।

टीकापुरमा कुल ३९ हजार १९२ मतदातामा २७ हजार २३८ मत खसेको निर्वाचन अधिकृत रेग्मीले जानकारी गराउनुभयो ।

यस्तै, भजनी नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका केवल चौधरीले २३९, नेकपा (माओवादी केन्द्र)का शेरबहादुर चौधरीले १६१, नेकाका वीरबहादुर हमालले ६६ मत पाउनुभएको छ । निकै चासोका रुपमा हेरिएको धनगढी उपमहानगरको मतगणना पनि सुरु भएको छ ।

भीमदत्तनगर ः कञ्चनपुरका तीनवटा तहमा मतगणना सुरु भएको छ । बुधबार भएको स्थानीय तहको निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने भनिएपनि आज बिहानदेखि मतगणना थालिएको छ । नौवटा तहमध्ये यहाँको महाकाली नगरपालिका, वेदकोट नगरपालिका र पुनर्वास नगरपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एकाबिहानै मतगणना थालिएको महाकाली नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । महाकालीमा २५० मतगणना हुँदा नेकाले १०८, नेकपा (एमाले)ले ५९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २४ मत प्राप्त गरेको छ ।

त्यसैगरी, पुनर्वास नगरपालिकामा केही मतले नेकपा (एमाले)ले अग्रता लिएको छ । ३०० मतगणना हुँदा एमालेले ८७, नेकाले ८० र माओवादी केन्द्रले ६३ मत प्राप्त गरेको छ ।

त्यसैगरी, यहाँको वेदकोट नगरपालिकामा पनि केही बेरअघिदेखि मतगणना सुरु भएको छ भने भीमदत्तनगरपालिकासहित अन्य सबै तहको मतणगना केहीबेरमै सुरु हुने निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

डडेल्धुरा ः यहाँको अजयमेरु गाउँपालिकामा ६०० मत गणना भएको छ । मतगणनाको परिणामअनुसार नेकपा (माओवादी केन्द्र)का उमेश भट्ट विकासले १८८ मत ल्याएर अग्रता लिएका छन् भने एमालेका धनबहादुर साउद १३८ र स्वतन्त्रबाट उमेदवारी दिएका लोकराज भट्टको १०९ मत रहेको छ भने नेकाले ९३ मत ल्याएको जनाएका छन् ।

अजयमेरु गाउँपालिका–६ को वडाध्यक्षमा माओवादी केन्द्रकै अग्रता रहेको जनाइएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com