काठमाडौँ, १४ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव भइरहँदा सीमा परिवर्तन गर्न खोज्नु लोकतन्त्रको उपहास भएको बताउनुभएको छ ।
मदन भण्डारी फाउन्डेसनले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ६६औँ जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले सीमा फेरबदल र मत च्यात्ने कार्यले लोकतन्त्रको सुदृढीकरणमा बल नपुग्ने बताउनुभयो ।
जनादेशको सम्मानका लागि निष्पक्ष चुनाव हुनुपर्नेमा जोड दिँँदै अध्यक्ष ओलीले जननेता भण्डारीद्वारा प्रतिपादित जनताको ‘बहुदलीय जनवाद’ मा स्थानीय सरकार स्वायत्त र सुशासनयुक्त भएमा मात्र जनताको आर्थिक–सामाजिक रुपान्तरण हुनसक्ने विचार समेटिएको बताउनुभयो ।
नेपाली काँग्रेसका डा रामशरण महतले भण्डारीको दूरदर्शीताको सराहना गर्दै स्थानीय तहलाई जति धेरै अधिकार प्रत्यायोजन गर्न सकिन्छ त्यति धेरै जनता सबल हुनेछन् भन्नुभयो ।
खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले स्वायत्त स्थानीय तथा प्रदेशका संरचना सामाजिक न्याययुक्त समृद्ध नेपाल निर्माणको आधार भएको बताउनुभयो ।
सङ्घीय समाजवादी फोरमका प्रमुख सचेतक डा शिवजी यादवले शक्ति केन्द्रका रुपमा जनतालाई स्थापित गर्न देशमा निर्वाचनको खाँचो रहेको बताउनुभयो ।
मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का नेता जीतेन्द्रदेवले मधेसमा रहेका समस्यालाई हल गर्न एमालेका नेता भण्डारीले गठन गरेको कार्यदलमा आफू सदस्य भई काम गरेको स्मरण गर्दै मुलुकमा विकास र समृद्धि ल्याएर मात्र जननेता भण्डारीको सम्मान गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
फाउन्डेसनले धुर्मुस–सुन्तली फाउन्डेसनका संस्थापकद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेलाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । यो पुरस्कारको राशि रु एक लाख रहेको छ ।
फाउन्डेसनका अध्यक्ष उषा किरण भण्डारीले मुलुकमा प्रजातान्त्रिक प्रणालीको स्थापनामा जननेता भण्डारीको योगदानको चर्चा गर्नुभएको थियो । रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।