अख्तियारको फरार सूचिमा रहेका  महत अमेरिकामा ज्वाईँछोरीको घरमा !


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फरार सूचिमा रहेका कर फर्स्योट आयोगका पदाधिकारीमध्येका एक लुम्बध्वज महत अमेरिका पुगेको खुल्न आएको रातोपाटीको दावी छ । अख्तियारले उनीसहित अर्का पदाधिकारी उमेश प्रसाद ढकाललाई पक्राउ गर्न सार्वजनिक सूचना गरेको एक साता पुगिसक्दा पनि उनीहरु सम्पर्कमा आएका छैनन् ।

अख्तियारले खोजिरहँदा महत अमेरिकाको टेक्सासस्थित होउस्टनमा रहेको ज्वाईछोरीको घरमा पुगेको अध्यागमन उच्च स्रोतबाट खुल्न आएको छ । उनी पक्राउ पर्ने डरले अमेरिका पुगेको बताइएको छ ।

फर्स्योट आयोग बनाएर राज्यलाई नोक्सान हुनेगरी अर्बौं रुपैयाँको राजश्व छुट दिएर अनियमितता गरेको आरोप उनीहरुमाथि रहेको छ भने सोहि प्रकरणमा अख्तियारले तत्कालिन आयोगका एक सदस्य आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुणामणि शर्मालाई पक्राउ गरिसकेको छ ।

अख्तियारले गत जेठ १९ गते शर्मालाई पक्राउ गरेको थियो भने महत र ढकाललाई पनि अख्तियारमा हाजिर हुन पत्र पठाएको थियो । तर, उनीहरु सम्पर्कमा नआएपछि कसैले भेटे खबर खरिदिन भन्दै सार्वजनिक सुचना नै आह्वान गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच ढकालपनि देशभित्र नभएको उच्च स्रोतले बतायो । कर फर्स्योट आयोगका पदाधिकारी महत नेपाली कांग्रेस निकट र ढकाल एमाले निकट रहेको मानिन्छन् ।

कर फर्स्योटका नाममा २१ अर्ब रुपैयाँ अनियमितता गरिएको र त्यसमाथि अनुसन्धान गर्नुपर्ने महालेखा परीक्षकको ५४ औं प्रतिवेदनले उल्लेख गरेपछि अख्तियार छानविन अघि बढाएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com