कालिञ्चोक मन्दिर जाने पदमार्ग पुनःनिर्माण


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

चरीकोट, १३ असार । दोलखाको कालिञ्चोक गाउँपालिका–६ मा पर्ने कालिञ्चोक भगवती मन्दिर जाने पदमार्ग नेपाली सेनाको चरीकोटमा रहेको रणभीम गणले निर्माण गरेको छ ।
धार्मिक र प्राकृतिक क्षेत्र कालिञ्चोक पुग्ने घ्याङडाँडा—कालिञ्चोक पदमार्ग भूकम्पले जताततै भत्काएपछि सेनाले पुनःनिमार्ण गरेको हो ।

उकालो बाटो हिँडेर पुगिने मार्गभन्दा करिब एक घन्टा कम समय लाग्ने र हिँड्न सजिलो मार्ग भत्किएपछि हिँड्न नसक्ने र बूढापाकालाई कालिञ्चोकको टुप्पामा पुगेर भगवतीको दर्शन गर्न निकै कष्ट हुने गरेको थियो ।

सजिलो मार्ग भन्दै जबरर्जस्ती भत्केको बाटो जानेहरु पनि भिरबाट लडिने त्रासले त्यसै फर्किने गरेको कुरीका होटल व्यवसायी चन्द्रबहादुर तामाङले बताउनुभयो । उक्त मार्गको सास्तीपूर्ण यात्रा बेहोरिरहेको देखेपछि गणले पदमार्ग निर्माण अभियान सम्पन्न गरी कालिञ्चोक गाउँपालिकालाई सोमबार हस्तान्तरण गरेको छ ।

नेपाली सेनाका बाहिनीपति जितबहादुर गुरुङले कालिञ्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामीलाई पदमार्ग निर्माण सम्पन्न भएको प्रमाण बुझाउनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सदरमुकामबाट १७ किमी सडक पनि सुधारका क्रममा रहेको र मन्दिर रहेको टुप्पामा पुग्ने दुवैतर्फको बाटो सुरक्षित बनाउन गण क्रियाशील छ । गणले जिल्ला समन्वय समितिसँग रु पाँच लाख ५० हजार र दोलखाका सहयोगीबाट करिब रु ६० हजारको निर्माण सामग्री लिएर बाँकी आफ्नै श्रमदानमा बाटो निमार्ण गरेको गणपति झवीन्द्ररेश्मी मगरले बताउनुभयो ।

उक्त रकमबाट खुड्किला, फलामको पुल र बार तथा पहिरो रोकथामका लागि पर्खाल लगाइएको छ । स्थानीयवासीले सहयोग गरे अन्य स्थानको समेत बाटो निर्माण गरिने मगरले बताउनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com