सेनाद्वारा बम निष्क्रिय


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

तुलसीपुर (दाङ), १३ असार । तुलसीपुर उपमहानगरपालिकाको नेपाली काँग्रेसको नगर प्रमुखका उम्मेदवार गेहेन्द्र गिरीको घर नजिक राखिएको बम गएराति नेपाली सेनाले निष्क्रिय पारेको छ ।

उम्मेदवार गिरीको तुलसीपुर उपमहानगरपालिका– ७ सल्यान रोडस्थित घर नजिक बम राखिएको थियो । यस्तै तुलसीपुरस्थित बिपी चोकमा नै गएराति फेला परेको बम समेत नेपाली सेनाको १९ नं बाहिनी तुलसीपुरको बम निष्क्रिय पार्ने टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाका सबै मतदानस्थल तथा मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनमा नेपाल प्रहरी भित्री घेरामा, त्यसपछि सशस्त्र प्रहरी र मतदान हुने स्थल वरपर नेपाली सेना खटाइएको छ । दुई हजार १०० कर्मचारी निर्वाचनमा खटिएका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटा गाउँपालिका रहेको जिल्लामा
५२० पदका लागि दुई हजार ३०० उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् भने १५१ मतदानस्थल र ३५१ मतदान केन्द्र तथा दुई लाख ५१ हजार १७३ मतदाता रहेका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com