नारायणगढ–मुग्लिन खण्डमा गाडी नरोकिने


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

असार १३, २०७४- चितवनस्थित नारायणगढ–मुग्लिन सडक आयोजनाले सोमबारदेखि उक्त खण्डमा दिनभर गाडी खुला गरेको छ । निर्माणमा बाधा पुगेको भन्दै ७ महिनादेखि बिहान १० देखि अपराह्न ४ बजेसम्म गाडी सञ्चालनमा रोक लगाइँदै आएको थियो ।

आयोजनाका इन्जिनियर शिव खनालले अर्को सूचना नआउन्जेल दिनभर गाडी सञ्चालन गर्न दिएको बताए ।

‘पहिरोका कारण दुर्घटना हुन थालेपछि गाडी रोकेका छैनौं,’ उनले भने, ‘अब ट्राफिक प्रहरी र आयोजनाको प्रतिवेदनका आधारमा स्थानीय प्रशासनले आगामी दिनमा कुन समयमा गाडी चल्न दिने/नदिने निर्णय गर्छ ।’ बिहीबार रातिदेखि यस खण्डका ठाउँ/ठाउँमा पहिरो खस्ने क्रम थामिएको छैन । पहिरो हटाएर यातायात सञ्चालन गर्नासाथ फेरि खस्दा यात्रुलाई सास्ती भएको छ । काठमाडौं, पूर्वी र पश्चिम नेपालसँग जोड्ने महत्वपूर्ण मार्गका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकमा दैनिक १० हजार गाडी ओहोरदोहोर गर्छन् ।

दुई वर्षअघिदेखि सडकलाई एसियाली मापदण्डअनुरूपको दुई लेनको बनाउने काम सुरु गरेदेखि सबारी र यात्रुले पहिरोको जोखिम खेप्दै आएको छ । सडक निर्माणका क्रममा चट्टान फोर्न थालिएपछि पहिरो खसेर आवागमन अवरुद्ध हुने गरेको छ । यो खण्डमा रातिको समयमा यात्रा गर्न निकै जोखिमपूर्ण छ । आयोजना र प्रहरीले राति सकेसम्म सडक प्रयोग नगर्न र अन्य वैकल्पिक मार्ग अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पहिरोको जोखिमबाट बच्ने उपायबारे सरोकारवालासँग छलफल गरेको बताए । ‘सवारीको हकमा कुन समयमा रोक्ने वा चलाउन दिइने भन्ने ट्राफिक र आयोजनाको प्रतिवेदन पछि तय हुन्छ’ उनले भने, ‘सकेसम्म मानवीय क्षति यात्रुले सास्ती भोग्नु नपरोस् भन्ने उपाय खोज्दै छौं ।’

उक्त खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ कालिखोलामा बिहीबार राति खसेको पहिरो पन्छाएर मुग्लिन फर्कने क्रममा प्रहरीको जिप पहिरोले बगाएर त्रिशूली नदीमा खसेर ३ प्रहरीको मृत्युको घटनापछि आयोजनाले सवारी आवागमन दिउँसो पनि खुला गरेको हो । उक्त घटनामा एक प्रहरी जवान अझै हराइरहेका छन् । यहाँको रामनगर र मुग्लिनमा दैनिक ६ घण्टा सवारी रोकेर आयोजनाले सडक निर्माणको काम गर्दै आएको थियो । सबारी रोकेर पनि कछुवा गतिमा काम गरेको भन्दै चर्को आलोचना भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com