कैलाली घटनामा विप्लप समूहकाे यस्ताे छ धारणा !


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

 

नेकपाका सेती–महाकाली ब्युरोको कमान्ड इन्चार्ज  ओमप्रकाश पुनले  धनगढीमा भएको बम विष्फोटको घटनाबारे गरेकाे अपिल यस्ताे  छ ।

कैलालीको धनगढी उपमहानगरपालिका वार्ड नम्बर १२ सि गाउँ निवासी चन्द्रबहादुर सिह ‘कमरेड सनराइज’ यही २०७४ असार १२ गते बेलुका १० बजे बेवारिसे बम पन्छाउन खोज्दा बिस्फोट भै कैलालीको धनगढीमा सहादत्त भएको खबरले हामीलाई निकै मर्माहत बनाएको छ ।

पार्टी कामको सिलसिलामा साथीहरूसँग भेटघाट गरि घरतर्फ फर्कनेक्रममा धनगढीको जिएच एण्ड सन्स होटेलको आँगनमा शंकास्पद वस्तु देखेपछि त्यसलाई उठाएर होटेलपछाडिको कैलाली नालामा फाल्न जाँदा अचानक बिस्फोट भै घाइते हुँदा उपचारको क्रममा सेती अञ्चल अस्पताल धनगढीमा उहाँको रातको करिब ११ बजे सहादत भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कथित स्थानीय चुनावको खारेजी अभियानमा खटिरहनुभएका हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी, कैलालीका जिल्ला सदस्यसमेत रहेका कर्मठ कमरेड सनराइजको सहादततले हाम्रो पार्टीलाई अपूरणीय क्षति भएको छ भने परिवारजनमा गहिरो शोक र दुःख परेको छ । यस शोकको घडीमा परिवारजनलाई धैर्य धारण गर्न र पार्टी पंक्तिलाई संयमित हुन सेती–महाकाली ब्युरो कमान्ड हार्दिक अपील गर्दछ ।

कथित स्थानीय चुनावको बहानामा संसदवादी दलाल सरकारले अहिले हाम्रो पार्टीलाई अघोषित प्रतिबन्ध लगाएको र पार्टीका नेता कार्यकर्तालाई गैर–कानुनी धरपकड गरिरहेको अवस्थामा हामीले पार्टीको तर्फबाट सहादत कमरेड सनराइजको दाहसंस्कारलगायतको प्रक्रियामा सहभागी हुन कठिनाई भएकोले परिवारजनमा क्षमा माग्दै हाम्रो सिङ्गो पार्टी कमरेड सनराइजको सम्मान र उहाँले देखाएको एकीकृत जनक्रान्तिको मार्गमा अविचलित रूपमा अघि बढ्ने र उहाँको सपना साकार पार्ने दृढ प्रतिबद्धता जाहेर गर्दछ ।

साथै, संचार मिडियामा आफैँले बोकेको बम पड्किएर मृत्यु भएको भन्ने भ्रामक समाचारको खण्डन गर्दै विरोधीहरुको उक्साहट र भ्रममा नपर्न परिवारजनमा हार्दिक अनुरोध गर्दछौँ । हामी क्रान्तिको महान् प्रक्रियामा छौँ, हाम्रा विरोधीहरुले उचालेर प्रहरीले परिवारको तर्फबाट हाम्रा केही नेता कार्यकर्ताको नाममा मुद्दा हाल्न लगाइँदैछ भन्ने पनि सुन्नमा आएकोले त्यस्तो गैर–क्रान्तिकारी र अराजनीतिक गतिविधि कसैले पनि नगर्न र नगराउन पनि सचेत गराउँदछौँ ।

अन्तमा सिंगो पार्टी–पंक्तिका कामरेडहरु यो शोकलाई शक्तिमा बदल्न कथित स्थानीय चुनावको नौटंकी गर्दै अघि बढेको दलाल सत्तालाई खारेज गर्ने अभियानमा दृढतापूर्वक अघि बढ्न आह्वान गर्दै सहादत प्राप्त गर्ने कमरेड चन्द्रबहादुर सिह ‘कमरेड सनराइज’ प्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा हार्दिक संवेदना ब्यक्त गर्दछौं ।

क. ओमप्रकाश पुन
पीबीएम तथा सेम ब्युरो कमान्ड इन्चार्ज
१३ असार २०७४

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com