गोर्खाल्याण्ड आन्दोलन : पाँच हजार विद्यार्थीले दार्जिलिङ छाडे


प्रकाशित मिति : असार ११, २०७४ आईतबार

असार ११, २०७४

दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनको प्रत्यक्ष प्रभाव त्यहाँको शैक्षिक क्षेत्रमा परेको छ । अनिश्चितकालिन वन्द भएयता दश दिनमा करिव ५ हजार विद्यार्थीले दार्जिलिङ छाडिसकेका छन् ।

केही विद्यार्थीहरु अहिले पनि फर्किरहेका छन् । आन्दोलनका कारण दार्जिलिङको शैक्षिक क्षेत्र, चिया व्यापार र समग्र पर्यटन क्षेत्र अस्तव्यस्त वनेको छ । भारतीय संचार माध्यमहरुका अनुसार वन्द हड्ताल र हिंसात्मक आन्दोलनका कारण देश विदेशका विद्यार्थीहरुको दार्जिलिङ छाड्ने क्रम जारी छ । भारतीय अखवार दैनिक जागरणले हिंसात्मक आन्दोलन भएपछि त्यहाँ अध्ययनरत भारतसहित भुटान, नेपाल र थाइलेन्डका विद्यार्थीहरु घर फर्किन थालेका छन् ।

दार्जिलिङको प्रसिद्ध जेन्ट जोसेप, कालिम्पोङको कुमुदिनी होम्स, सेन्ट जजलगायत खरसाङ र मिरिक क्षेत्रका विभिन्न स्कुल र कलेजमा अध्ययनरत विद्यार्थी धमाधम पढाई छाड्दै घर फर्किएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोर्खा जनमुक्ति मोर्चाको भ्रातृ संगठन विद्यार्थी मोर्चाका अनुसार गोर्खाल्याण्ड आन्दोलनका समर्थनका लागि विद्यार्थीहरुले दार्जिलिङ छाडेका हुन् । ‘आन्दोलन सफल भएपछि फर्किने भन्दै विद्यार्थीहरुले दार्जिलिङ छाडिरहेका छन्’, विद्यार्थी मोर्चाका नेता सुनिल शर्माले भने । मोर्चाले घर फर्किने विद्यार्थी तथा अभिभावकका लागि सवारीको व्यवस्था समेत गरेको थियो ।

गोर्खाल्याण्ड आन्दोलनका कारण विद्यार्थीले पटक–पटक सास्ती भोग्दै आएका छन् । खासगरी नेपाल, भुटान र थाइलेन्डका विद्यार्थीहरुका लागि आन्दोलनले प्रत्यक्ष असर पुगेको छ । गुणस्तरीय शिक्षाका लागि दार्जिलिङ भारतमै लोकप्रिय गन्तव्य मानिन्छ  । पछिल्लो समय भने दार्जिलिङमा विद्यार्थीको आकर्षण घट्दो क्रममा रहेको बुझिन्छ । ‘आन्दोलनका कारण अभिभावकले आफ्ना नानीहरुलाई दार्जिलिङको साटो वेंगलोर जस्ता सहर पढ्न पठाइरहेका छन्’, सिलिगुडीका शिक्षक सुकराज दियाली भन्छन्, ‘अभिभावकको मनसाय के देखिन्छ भने खर्च गरेपछि आफ्ना नानीहरुले शान्तिसंग वढ्न पाउन ।’

झापाको काँकडभिट्टा र इलामको पशुपति नगर नाकावाट दैनिकजसो विद्यार्थी आउने क्रम छ । खासगरी काठमाडौं, पोखरा जस्ता सहरका विद्यार्थी दार्जिलिङमा पढ्दै आएका छन् । स्थानीय झापा ट्राभल्स एजेन्सीका अनुसार दैनिक १०/१२ जना विद्यार्थी घर फर्किरहेका छन् ।  ट्राभल्सका कर्मचारी भवानी निरौलाका अनुसार दुई दिन अघि दार्जिलिङवाट फर्किएका विद्यार्थीका कारण तीन वटा जहाज भरिएको थियो । सम्वन्धित स्कुलहरुले काँकडभिट्टा र पशुपतिनगर नाकासम्म ‘स्कर्टिङ’ गरेरै विद्यार्थीलाई ल्याइदिने गरेका छन् । ‘आन्दोलन नटुंगिएसम्म दार्जिलिङमा पठनपाठन ठप्प नै हुने देखिन्छ’, विद्यार्थी मोर्चाका शर्माले भने,‘आन्दोलन सफल भएपछि मात्रै विद्यार्थी आउने सम्भावना देखिन्छ ।’

फर्किए सेना
गोर्खाल्याण्ड आन्दोलनपछि राज्य सरकारले तैनाथ गरेका सेना तीन सातापछि फर्किएको छ ।  भारतका विभिन्न मानव अधिकारवादी संघ संगठन र दार्जिलिङका राजनीतिक दलहरुको दवावपछि सेना फर्किएको हो । वंगालकी मुख्यमन्त्री ममता वेनर्जीले गत ८ जुलाईमा सेनालाई दार्जिलिङमा उतारेकी थिइन् । ‘सेना परिचालन गरेर दार्जिलिङमा आतंक मच्चाएको आरोप खेपेपछि ममताले सेना फिर्ता वोलाएकी हुन्’, गोर्खा जनमुक्ति मोर्चाका एक नेताले भने,‘आन्दोलनमा तीव्र दमन गर्ने उनको रणनीति थियो ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com