पाल्पामा दुईवटा बस अापसमा जुधेर दुर्घटना (फोटोसहित)


प्रकाशित मिति : असार ११, २०७४ आईतबार

११ अषाढ २०७४

पाल्पा जिल्लाको सिद्धार्थ राजमार्ग अन्तर्गत लामडाँडामा दुईअोट बस आपसमा जुधेका छन्। उक्त दुर्घटनामा ७ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये दुईजनालाई गम्भीर चोट लागेको छ।

आइतबार बिहान विपरित दिशातर्फ गुडेका दुई बस तानसेन बजार देखि पाँच करिव ७ किलोमिटर टाढा पर्ने लामडाँडाको घुम्तीमा जुधेका जिल्ला प्रहरी कार्यालय पालपाको सूचना शाखाले जानकारी दियो। ‘दुर्घटनामा केही यात्रु सामान्य घाइते छन्, उनीहरूलाई लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि लगिएको छ।’ सूचना शाखाका प्रहरीले जानकारी दिए।

ना ४ ख ६७७० नम्बरको ब सर लु १ ख ७१३० नम्बरको बस आपसमा जुधेका हुन्। दुर्घटना पछि केहीबेर पाल्पा-बुटवल सडक खण्डको यो क्षेत्रमा गुड्ने सवारीहरूको आवागमन रोकिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com