चितवन, ११ असार । नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला नजिकै आज अपराह्न ३ बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।
शनिबार राति ९ बजे पहिरो खसेपछि अवरुद्ध सडक आज बिहान ८ बजेदेखि सञ्चालनमा आएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपा थापाका अनुसार शुक्रबार बिहान पहिरो खसेर चार प्रहरीसहित भ्यान र ट्रक त्रिशूली नदीमा खसेको ठाउँमा नै आज पुनः पहिरो खसेको हो ।
त्रिशूलीमा बेपत्ता प्रहरी र भ्यान खोजी गरिरहेका सुरक्षाकर्मी पहिरो खसेपछि भागेर बचेको उहाँले बताउनुभयो । सडकमा ठेकेदार कम्पनीको कन्टेनरको केही भागमा सामान्य क्षति भएको छ भने चालक भागेर बचेका छन् । शुक्रबार बिहान सो ठाउँमा दुई हजार घनमिटरको पहिरो खसेको थियो । आज खसेको पहिलो सो पहिरोभन्दा ठूलो रहेको नारायणगढ–मुग्लिन आयोजनाले जनाएको छ ।
पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव पाँच किमी नारायणढतर्फ पर्छ । भित्तो काटेर सडक फराकिलो बनाइएको सो ठाउँमा पहिरो खसेको हो । एघार घन्टादेखि अवरुद्ध सडक खुलेको केही बेरमै पुनः पहिरो खसेपछि यात्रुको बिचल्ली भएको छ । रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।