दुर्घटनामा मृत्यु


प्रकाशित मिति : असार ११, २०७४ आईतबार

हेटौँडा, ११ असार । काठमाडौँबाट सर्लाहीको बयरबासतर्फ जान आइरहेको ना१ज ३७०१ नंको सुमो जिप हेटौँडा कुलेखानी सडकखण्डको कुलेखानीको सडकबाट करिब ४५ मिटर तल खसी आज दुर्घटना हुँदा जिपका एक यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–८ गुर्जुधारा बस्ने ४२ वर्षीया माइली सापकोटा रहेको सिस्नेरी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक देवेन्द्र रानाले बताउनुभयो । जिपमा रहेका नौ यात्रु गम्भीर घाइते भई थप उपचारका लागि कुलेखानीबाट काठमाडौँको सुमेरु अस्पतालमा पठाइएको बताइएको छ । प्रहरीले जिपका चालकलाई नियन्त्रणमा लिएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com