मनिषा कोइरालाले गरिन् क्यान्सर अस्पताललाई एकलाख सहयोग


प्रकाशित मिति : असार ११, २०७४ आईतबार

गरिब परिवारको अर्बुद (क्यान्सर) रोग उपचारमा सहयोग गर्ने उद्देश्यले चलचित्र अभिनेत्री मनिषा कोइरालाले क्यान्सर केयर नेपाल अन्तर्गत संचालित नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर, ललितपुरलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

जावलाखेलस्थित सो अस्पतालले विपन्न परिवारका बिरामीको उपचारमा उक्त रकमलाई सदुपयोग गर्ने जनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको रु एक लाख बराबरको उपचार सेवासमेत अस्पतालले निःशुल्क प्रदान गर्दै आएको छ ।

अस्पतालका अध्यक्ष डा मदनकुमार पियाका अनुसार अस्पतालले त्यहाँ उपचारका लागि आउने गरिब परिवारका बिरामीलाई निःशुल्क उपचारसमेत गराइएको जानकारी दिनुभयो ।

सोही अस्पतालद्वारा आज आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करिब ८०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । विशेष गरी क्यान्सर रोगीका लागि लक्षित गरिएको उक्त शिविरमा अधिकांशले स्तन, पाठेघर, पेटका रोगीले अर्बुद (क्यान्सर) रोगसँग सम्बन्धित सबै परीक्षण गराएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्बुद (क्यान्सर) रोगको निःशुल्क परीक्षण गर्ने सूचना पाएपछि काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट अस्पतालमा सेवा लिन आउनेको भीड लागेको थियो ।

उक्त शिविरमा थाइराइड, मधुमेह, स्त्री रोग, जनरल सर्जरी, नाक, कान घाँटीलगायतको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिएको अस्पतालका अध्यक्ष डा पियाले जानकारी दिनुभयो ।

शिविरमा पाठेघर तथा अर्बुद रोगका पहिचानका लागि गरिने मेमोग्राम तथा रगतको परीक्षणमा ३० देखि १०० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो ।

अस्पतालमा बिरामी ढिलो आउने हुँदा उपचारमा समस्या हुने गरेको चिकित्सकको भनाइ छ । प्रत्येक वर्ष अस्पतालले समुदायमा अर्बुद रोगका बारेमा जनचेतना फैलाउन कम्तीमा पनि तीनपटक बृहत् रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अस्पतालका व्यवस्थापक प्रभुराज वैद्यले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका तथा अन्य ग्रामीण भेगमा पनि अस्पतालले अर्बुद रोगकाबारेमा चेतना फैलाउने कार्य गर्दै आएको छ ।

यसैबीच, सो अस्पतालले मेनोपज सोसाइटी अफ नेपाल नामक स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थासँग समन्वय गरी आगामी असोजदेखि स्त्री रोग तथा महिनावारी रोकिएका महिलालाई आउने समस्याका बारेमा परामर्श तथा उपचार सुरु गर्ने समझदारी गरेको छ । रासस (तस्बिर उपलब्ध छ)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com