१४७० नेपाल–भारतसीमा स्तम्भ मर्मत, ६०३ नयाँ सीमा स्तम्भ निर्माण


प्रकाशित मिति : असार १०, २०७४ शनिबार

नेपाल–भारत सीमासम्बन्धी ‘नापी पदाधिकारी समिति’को छैटौँ बैठक राजधानीमा सम्पन्न भएको छ ।

नेपालको तर्फबाट नापी विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठ तथा भारतका तर्फबाट सर्भे अफ इन्डिया, उत्तराखण्डका निर्देशक राजिभ श्रीवास्तवको नेतृत्वमा सम्पन्न बैठकमा यस वर्षको नेपाल–भारत सीमासम्बन्धी सर्भेक्षण कार्यको समीक्षा गरिएको नापी विभागले जनाएको छ । बैठक असार ७ गतेदेखि सुरु भएको थियो ।

बैठकमा सीमा सर्भेक्षणसम्बन्धी सन् २०१४ मा ‘सीमा कार्य समूह’ गठन भए पश्चात् भएका उपलब्धि एवम् प्रगतिको समेत समीक्षा गरिएको थियो । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत कुल आठ हजार ५५३ सीमा स्तम्भमध्ये चार हजार ६० सीमा स्तम्भको निरीक्षण गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निरीक्षण सम्पन्न भएका सीमा स्तम्भमध्ये हालसम्म एक हजार ४७० सीमा स्तम्भको मर्मत भएको र ६०३ नयाँ सीमा स्तम्भ निर्माण भएको विभागले जनाएको छ ।

नापी पदाधिकारी समितिको अर्को बैठक आगामी सेप्टेम्बर महिनामा भारतमा हुनेछ । आगामी सन् २०१७ को अगष्टमा हुने सीमा कार्य समूहको बैठकले सो बैठकबारे निर्णय गर्नेछ । रासस

तस्विर लोकान्तर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com