विमान दुर्घटना सम्बन्धी उद्धार अभ्यास


प्रकाशित मिति : असार ९, २०७४ शुक्रबार

काठमाडौं ९ असार ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकाएक धु“वाको मुस्लो देखिने भएको छ ।
विमानस्थलमा धुवाको मुस्लो सहित सडकमा एम्बुलेन्सको साइरन सुनिने बताईएको छ भने  विमानस्थलबाट हेलिकप्टर ग्राण्डी अस्पतालतिर जाने छ ।
हेलिकप्टर दुर्घटना भएमा कसरी उद्धार गर्ने भन्नका लागि विमानस्थलमा यस्तो अभ्यास गर्न लागिएको हो ।

अभ्यासका लागि दिउसो साढे ४ बजेदेखि ५ बजेसम्म विमानस्थलबाट हुने सबै उडान बन्द हुने विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुर बताउनुभयो ।
दिउसो साढे ४ बजे श्यामापुर भन्ने ठाउबाट आएको चालक दलसहित १ सय ८० जना अटाउने एयर बस ३३० को इन्जिनमा आगो लाग्ने र आगो लागेपछि  संकटकालीन योजनासम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएको उहाले बताउनुभयो ।
अभ्यासको बेलामा विमानस्थलमा काठमाडौं, ललितपुर र भक्तपुरका दमकल, सुरक्षाकर्मी र एम्बुलेन्स हुने तथा अरु हवाई सुरक्षासम्बन्धी विविध गतिविधि हुने उहाँले जानकारी दिनुभयो ।
अन्तर्रा्ष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ) प्रावधानअनुसार हरेक २–२ वर्षमा गर्नुपर्ने विमानस्थलभित्रको हवाई सुरक्षा व्यवस्थासम्बन्धी अभ्यास गर्न लागिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com