गोर्खाल्याण्ड आन्दोलन : विमल गुरुङले भने, ‘जीटीए च्याप्टर क्लोज’


प्रकाशित मिति : असार ९, २०७४ शुक्रबार

अलग राज्य गोर्खाल्याण्ड आन्दोलनका अगुवा नेता विमल गुरुङले गोर्खाल्याण्ड टरिटोरियल एड्मिनिष्ट्रेसन (जीटीए) सभा त्यागेर आन्दोलनमा उत्रने घोषणा गरेका छन् । आन्दोलन चर्किएपछि अर्ध भूमिगत बनेका गुरुङले गोप्य स्थलमा भारतीय पत्रकारहरुसँगको कुराकानीमा भने,‘अव जीटीएको  च्याप्टर क्लोज भयो ।’

सन् २०११ जुलाई १८ मा सिलिगुडीको त्रिपक्षिय वार्तापछि गुरुङकै अगुवाईमा जीटीए गठनको सम्झौता भएको थियो । गुरुङले सम्झौताकै वेला गोर्खाल्याण्डका समर्थकहरुलाई आश्वास्त पारेका थिए,‘जीटीए सर्वेसर्वा होइन, यो त गोर्खाल्याण्डसम्म पुग्ने सिढी मात्रै हो ।’

सम्झौताको करिव ६ वर्षपछि गुरुङले औपचारिक रुपमै जीटीए त्याग्ने घोषणा गरेका हुन् । गत २० जुलाईमा दार्जिलिङमा भएको सर्वदलीय भेलाका सहभागी दलहरुले जीटीए खारेज नगरेसम्म आन्दोलन अघि वढ्न नसक्ने भन्दै जीटीए त्याग्न गोर्खा जनमुक्ति मोर्चालाई दवाव दिएका थिए । ‘अवको आन्दोलन मात्रै गोर्खाल्याण्डका लागि हुनेछ’, गुरुङले भने,‘कुनै हालतमा आन्दोलन रोकिनेवाला छैन ।’

मोर्चाले जीटीएमा सम्झौता गरिरहँदा विपक्षी दलहरुले त्यही वेलै विरोध गरेका थिए, जीटीए जनभावना विपरित भएको भन्दै । तर, गुरुङले यसलाई जनभावना अनुकुल वनाएर लैजाने प्रतिवद्धताका साथ सम्झौता गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुरुङ यसअघि पनि वंगाल सरकारको नितीको विरोधमा जीटीए सभाको प्रमुख कार्यकारी पदवाट राजीनामा गरेकै थिए । तर, जीटीएको अधिनमा रहने गरी केही विभागहरु थप गरिएपछि उनले राजीनामा फिर्ता लिएका थिए । जीटीए मातहतमा करिव दुई दर्जन जति विभागहरु थिए ।

मोर्चा स्रोतका अनुसार जीटीएका प्रमुख कार्यकारी गुरुङले ४५ निर्वाचित र २ मनोनित सभासद सहित जीटीए सभावाट राजीनामा दिने भएका छन् । मोर्चाले सोमवार र मंगलवार दुई दिन जीटीए सम्झौता पत्र जलाउने कार्यक्रम तय गरेको छ । मोर्चाले जीटीए त्यागेपछि मात्रै एकसाता पछि हुने तेस्रो सर्वदलीय वैठकमा भाग लिने जनाएको छ ।

यसैवीच सिक्किमका मुख्यमन्त्री पवन चामलिङले छुट्टै राज्य गोर्खाल्याण्डको समर्थनमा केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलाई पत्राचार गरेका छन् । उनले चामलिङले छुट्टै राज्य गोर्खाल्याण्डको माग भारतभरका गोर्खाहरुको साझा र संम्वैधानिक माग भएको भन्दै माग सम्वोधन गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

चाम्लिङले भारतको स्वतन्त्रताका निम्ति गोर्खाहरुको महत्वपूर्ण योगदानको स्मरण गराउँदै सहिद दुर्गा मल्ला, डम्वरसिंह गुरुङ, सांसद अरिबहादुर गुरुङ र कप्तान रामसिंग ठकुरीहरुको योगदानलाई नजर अन्दाज नगर्न गृह मन्त्रीलाई पत्रमा आग्रह गरेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com