ट्याक्सीको राजस्व महाशाखाले नै सङ्कलन गर्ने


प्रकाशित मिति : असार ८, २०७४ बिहीबार

काठमाडौँ, ८ असार । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा असुल्ने तथा मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही गरेबापत उठ्ने राजस्व आफैँले सङ्कलन गर्ने भएको छ ।

यसअघि महाशाखाले ट्याक्सी कारबाहीको राजस्व तिर्न यातायात व्यवस्था कार्यालय पठाउँदै आएको थियो । उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि यातायात व्यवस्था विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई अधिकार प्रत्यायोजन गरेसँगै महाशाखाले सङ्कलन गर्न थालेको हो ।

महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले कारबाहीमा परेका ट्याक्सीलाई राजस्व तिर्न यातायात व्यवस्था कार्यालय पठाउने गरेको भए पनि अब महाशाखालाई अधिकार दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विभागले आफ्नो जनशक्ति कम तथा राजस्व उठाउन झन्झट हुने भएकाले महाशाखालाई अधिकार दिएको हो ।” बुधबारदेखि विभागले दिएको अधिकार महाशाखाले लागू गरेको उहाँले बताउनुभयो । मिटरमा जान नमान्ने वा बढी भाडा असुल्ने गरेको जनगुनासो आएपछि सरकारले हरेक ट्याक्सीलाई प्रिन्टर मेसिन जडान गर्न निर्देशन दिइसकेको र केही ट्याक्सीमा प्रिन्टर मेसिन जडानसमेत भइसकेको लामाले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी सवारीसाधन दर्ता नगरी चलाएमा, विदेशमा दर्ता भएका सवारी अनुमति नलिई चलाएमा, बाटो इजाजत नलिई सार्वजनिक यातायात सेवा सञ्चालन गरेमा, पटके बाटो इजाजत नलिई सवारी चलाएमा, छुट्याएका सिटमा सम्बन्धित मान्छे नराखेमा, ध्वनि सङ्केत निषेध गरेको ठाउँमा ध्वनि सङ्केत दिएमा गरिएको कारबाहीको राजस्वसमेत यातायात कार्यालयलमा पठाउने गरेकामा अब महाशाखाले नै उठाउने भएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com