दार्जिलिङमा इन्टरनेट प्रतिबन्ध


प्रकाशित मिति : असार ८, २०७४ बिहीबार

असार ८, २०७४- दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्कंदै गएपछि बंगाल सरकारले यो क्षेत्रमा इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको छ । उसले टीभी च्यानलहरूको प्रसारणमा पनि रोक लगाएको छ ।

बंगाल सरकारले तीन दिनअघि नै इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको थियो । मंगलबार प्रतिबन्ध थप लम्ब्याएको छ । दार्जिलिङका जिल्लापालले मंगलबार विज्ञप्ति जारी गरेर आगामी २७ जुनसम्म सेवा प्रतिबन्ध गरिएको जनाएका छन् ।

इन्टरनेट सेवा रोकिएपछि पत्रकार तथा बुद्धिजीवी अगुवाले दार्जिलिङलाई कश्मीर बनाइएको प्रतिक्रिया दिएका छन् । सिलिगुडीका कवि राजा पुनियानीले भने, ‘भारतको कश्मीरपछि दार्जिलिङ दोस्रो इन्टरनेट सेवा प्रतिबन्ध क्षेत्र हो ।’ इन्टरनेट प्रतिबन्धपछि त्यहाँको जनजीवन प्रभावित भएको छ ।

पत्रकार मनोज बोगटीले इन्टरनेट सेवामा प्रतिबन्ध लगाएर भारतले विश्वकै ठूलो गणतान्त्रिक मुलुक हुनुको खिल्ली उडाएको बताए । द इन्डियन टेलिग्राफ एक्ट, १८८५ का आधारमा आपराधिक क्रियाकलापलाई निरुत्साहित गर्ने बहानामा इन्टरनेट सेवा प्रतिबन्ध लगाइएको जनाएको छ । दार्जिलिङ, खरसाङ र मिरिक क्षेत्रमा मात्रै प्रतिबन्ध लगाइएको प्रशासनले जनाए पनि कालिम्पोङमा समेत इन्टरनेट नभएको पत्रकार बोगटीले जनाए । ‘इन्टरनेट नहुँदा समाचार सम्प्रेषणलगायत काम पूर्णरूपमा प्रभावित भएका छन्,’ उनले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोर्खा जनमुक्ति मोर्चाले राज्य सरकारले इन्टरनेट सेवाका साथै टीभी च्यानलमा लगाएको प्रतिबन्धले दार्जिलिङका जनताको मानवअधिकार हनन भएको भन्दै तत्काल सञ्चालन फुकुवा गर्न राज्य सरकारसँग अपिल गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com